सामाजिक सुरक्षा भत्तामा वडा सचिवको मनपरि चलखेल

नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १६:४८:४१

१८ साउन, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहिका लागि सिफारिस गरेको छ । वडासचिव आचार्यले लाभग्राहीकाे चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो ।
गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका सामाजिक विकास समिति संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नं १ का वडासदस्य बलमान गौचन र पञ्जिकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । साउन २५ गतेदेखि छानबिन समितिले छानबिन गरेको र छानबिनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाण सङ्कलन भएको संयोजक शेरपुञ्जाले जानकारी दिए ।
उक्त समितिले ७० पृष्ठ लामो प्रतिवेदन तयार गरी बुधबारको कार्यपालिका बैठकमा पेस गरेको थियो । कार्यपालिका बैठकले छानबिन समितिको निष्कर्षका आधारमा वडासचिव आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेको भेटिएको भन्दै आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिससहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए ।
वडासचिब आचार्यले सामाजिक सुरक्षा पाउने बेगका टीकामा पुर्जा, रमायाँ फगामी पुन, लालमाया फगामी पुन र विन्दु गर्वुजाको भत्ता रकम आफ्नै हस्ताक्षर र औँठा छाप लगाएर लिनाका साथै मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भक्तासमेत आफैले झिक्ने गरेको भेटिएको थियो । वडा सचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको रु एक लाख ५४ हजार २० हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ ।
उजुरी पछि आचार्यलाई वडा सचिबबाट फिर्ता बोलाएर गाउँपालिकामा हाजिर गराईएको थियो । लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाही गर्ने अधिकार स्थानीय तहलाई नभएकाले आवश्यक छानबिन गरेर कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिससहित पठाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भवबादुर भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलहरी प्रकरणमा ३ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन
फागुन ९, २०८१ शुक्रबार
चन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार