सरकारले त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन छानबिनका लागि उच्चस्तरीय समिति नबनाउने
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १७:३३:३८
१८ साउन, काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक क्वीटल सुनको छानविनका लागि उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको सरकारको भनाइ छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको जानकारी गराइन् ।
शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको बताइन् । उनले सरकार यस घटनाको जरासम्म पुग्न लागेकाले उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले नदेखेको बताइन् । प्रवक्ता शर्माले सरकारकै अग्रसरतामा सुन पक्राउ गरिएको भन्दै विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गरिन् ।
राज्यको एउटा निकायले छानबिन गरिरहेकै अवस्थामा अर्को समिति बनाउँदा छानबिन प्रभावित हुन सक्ने उनको भनाइ छ । त्यस्तै, प्रवक्ता शर्माले एमालेले संसद्मा गरिरहेको अवरोध हटाउने विषयमासमेत कुराकानी भइरहेको उल्लेख गर्दै छिट्टै अवरोध हट्ने बताइन् । उनले सरकार यस घटनाको जरासम्म पुग्न लागेकाले उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले नदेखेको दावी गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने
कात्तिक २९, २०८१ बिहिबार
राष्ट्रपति पौडेलको अजरबैजानका समकक्षी अलियेफसँग भेटवार्ता
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह
कात्तिक २९, २०८१ बिहिबार
विश्वकपमा छनोट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने
कात्तिक २९, २०८१ बिहिबार
पाकिस्तानमा विषाक्त धुवाँ फैलिँदा एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार