रुससँगको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल बनाइदै
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १७:५९:४
१८ साउन, एजेन्सी । भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ ।
लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड 'आरभिएनएल' बीच सम्झौता भएको हो ।
यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य एक अर्ब ४० करोड पर्नेछ । ‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलित प्रणाली पनि जडान हुनेछ । दुवै समूहले लगानी गर्ने कम्पनीको नाम किनेट रेलवे सोलुसन्स लिमिटेड हुनेछ । कम्पनीमा आरभिएनएलको २५ प्रतिशत लगानी हुने रुसी समाचारपत्र कमर्सन्टले जनाएको छ ।
महाराष्ट्रको लातुरामा कम्पनी स्थापना गरेर निर्माण प्रारम्भ गरिनेछ । सम्झौताअनुसार अबकोे पाँच वर्षभित्रमा रेल बनाइसक्नुपर्नेछ । उक्त कम्पनीले नै ३५ वर्षसम्म कारखानाका उपकरण तथा रेलको मर्मत सम्भार गरिनेछ ।
उलान–उडे लोकोमोटिभ प्लान्टको भ्रमणका क्रममा ट्रान्समासहोल्डिङका महानिर्देशक किरिल लिपालाई रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले सम्झौताबारे जानकारी दिएका हुन् ।
ट्रान्समासहोल्डिङका महानिर्देशकका भारतीय रेलवेका सहकर्मीसँग मिलेर परियोजनाको अर्को चरणको काम शीघ्र प्रारम्भ गरिनेछ । ट्रान्समासहोल्डिङ आधुनिक रेल निर्माणमा ख्यातिप्राप्त कम्पनी हो जसले विश्वका ३० देशमा रेल डिजाइन, इन्जिन र अन्य उपकरण निर्माण तथा आपूर्ति गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार