प्रेस युनियनको अधिवेशनमा मोरङ कांग्रेसको हस्तक्षेप: मन्त्री लिम्बुको व्हीपले कांग्रेस नै दुई चिरामा
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १९:२०:३७
१८ साउन, विराटनगर । नेपाल प्रेस युनियन मोरङको ११ औं जिल्ला अधिवेशन भर्खर मात्र सम्पन्न भएको छ ।लामो विवाद र कांग्रेसका स्थानीय नेताहरुकाे तानातानमा परेको नेपाल प्रेस युनियनको मोरङ जिल्ला अधिवेशन अन्ततः सम्पन्न भएपनि विवाद मुक्त भने रहन सकेन ।
मोरङ कांग्रेसमा दोस्रो कार्यकालको नेतृत्व गर्दै जिल्ला सभापति एवं प्रचण्ड नेतृत्वमा गठन भएको संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका डिक बहादुर लिम्बुको ठाडो हस्तक्षेपका कारण प्रेस युनियन मोरङको ११ औं जिल्ला अधिवेशन विवादरहित भने हुन सकेन । स्वयं पार्टी सभापति एवं खेलकुद मन्त्री डिक बहादुर लिम्बुले अधिवेशन उद्घाटन गरेर एकल उम्मेदवारलाई जसरी पनि विजय गराउनु भन्ने उर्दी दिएसँगै प्रेस युनियन मोरङको अधिवेशन विवादित बन्न पुगेको हो ।
११ औं जिल्ला अधिवेशनमा आइपुग्दा पार्टी सभापति एवं मन्त्री डिक बहादुर लिम्बुले गरेको ठाडो हस्तक्षेपका कारण अब सधैंका लागि प्रेस युनियन दुई चिरामा विभक्त समेत हुन पुगेको छ । स्थानीय कांग्रेसी नेताहरू कै कारण सिंगो प्रेस युनियन दुई चिरा भएको यो ११ औं जिल्ला अधिवेशनको घटनाले युनियनकर्मीलाई अन्त्यन्तै दुःखी बनाएको छ ।
तथापि युनियनको ११ औं अधिवेशनका लागि उम्मेदवार भएका दुवै कांग्रेसी पत्रकारलाई नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मेरो नैतिक समर्थन दुवैलाई छ भनेको सार्वजनिक हुँदा केही भएपनि युनियनकर्मीलाई मलम लगाउने काम त पक्कै गरेको छ । तर उता पार्टी सभापति लिम्बुले मेरो एक मात्रै उम्मेदवार छ भन्दै जिल्ला सदस्यहरूलाई अधिवेशनको हलमा खुलेयाम भोट माग्न लगाएर व्हीप नै जारी गराएको रहस्य अधिवेशन सम्पन्न भएपछि खुल्न पुुगेको छ ।
पार्टीका नाममा गरिएको यो व्हीपले गर्दा अर्का उम्मेदवार झिनो मतान्तरले पराजित भएपनि उनको सिंगो पार्टीसँग एक्लो उम्मेदवारको विजयी भएको भनाइ पनि आउन थालेको छ । सिंगै मोरङ कांग्रेस कार्यसमिति नै एकजना उम्मेदवार विजयी बनाउन लागि परेसँगै मोरङ कांग्रेस कसको निर्देशनमा संचालनमा छ भन्ने कौतुहलता पनि कांग्रेसी पत्रकारहरूका बीचमा सुरु भएको छ ।
एकातिर नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला केन्द्रीय नेतृत्वका लागि साझा नेता बन्ने चुनौतीको सामना गरी रहनु भएको छ भने उनै नेताको कोटाबाट प्रचण्ड नेतृत्वमा गठन भएको सरकारमा खेलकुद मन्त्री बनेका लिम्बुले एकल उम्मेदवार जिताउन सिंगो मोरङ कांग्रेसलाई नै युनियनको जिल्ला अध्यक्ष बनाउन व्हीप नै लगाएर पार्टी पंक्तिलाई खटाएको टिप्पणी गर्न थालिएको छ ।
यो सामान्य घटना भएता पनि सिंगो पार्टीको नेतृत्वका लागि लडिरहेका नेता कोइरालालाई भोलिका दिनमा मोरङ कांग्रेसकै चुनौती सामना गर्नुपर्ने अवस्था नआउला भनी भन्न नसकिने अवस्था आउन सक्ने छ । नेपाल प्रेस युनियनको ११ औं जिल्ला अधिवेशनमा सिंगो लिम्बु नेतृत्वको मोरङ कांग्रेसले आफनो वर्चस्वको सन्देश दिन खोजेको त हैन भन्ने कुरा राजनीतिक वृत्तमा गर्न थालिएको छ ।
नेता कोइरालाको फेर समाएर दुई दुई पटक नेपाली कांग्रेस मोरङको नेतृत्व गर्दै संघीय सरकारको जिम्मेवार मन्त्री लिम्बुले यति ठूलो जोखिम किन मोले भन्ने टिप्पणी एकथरी कांग्रेसको छ भने अर्कोथरी कांग्रेसबाट दुवै उम्मेदवार मध्ये आफू निकट एक उम्मेदवारलाई सघाउन डा. कोइरालाले नै निर्देशन गरेको दावी पनि कांग्रेसी वृत्तमा गर्न थालिएको छ ।
यदि डा. कोइरालाबाट एकल उम्मेदवारलाई जिताउन त्यो प्रकारको निर्देशन भएको थियो भन्ने घटना उजागर भएमा भविष्यमा राष्ट्रिय नेता बन्ने कोइरालाको आकांक्षामा नै प्रतिकुल असर पर्ने कुरालाई नकार्न नसकिने तर्क पनि मोरङका कांग्रेसी वृत्तमा सुरु भएको छ । आखिर जे भएपनि भविष्यले सबै कुरा बताउँदै जाने विश्वास कांग्रेसी वृत्तमा गर्न थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार