उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्वको एकसय दिन पुरा, निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण फेरिएकाे छ : अध्यक्ष ढकाल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार २२:२०:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/dakal_albgXaMC2x_7TWkAW4wI8.jpg)
१८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ समिति आएसँगै पाँच वटा मुद्दालाई प्राथमिकतासाथ अगाडी बढाएको बताएका छन् ।
बिहीबारमहासंघको नयाँ नेतृत्वको एक सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले आर्थिक संकटबाट बाहिर निस्कनेआन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजि क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादीत दृष्टिकोणलगायतका पाँच ओटा कुरालाई प्राथमिकतासाथ अगाडि बढाएको बताए।
उनले भने,‘नयाँ समिति आएको एकसय दिन पूरा भएको छ । नयाँ समिति आएसँगै पाँच वटा बुँद्दालाई प्राथमिकतासाथ अगाडी बढाएका छौं । पहिलो अहिले देशको आर्थीक समस्यालाई कसरी समाधान गर्ने र लगानिको वातावरण कसरी बनाउँने चाँहे एफ डि आईबाट आउँने लगानीको कुरा होस् । र अर्को सरकार र नीजि क्षेत्रको साझेदारी कसरी बढाउँने भन्ने रहेको थियो ।र रोजगारी श्रृजना गर्नका लागि जुन एउटा दक्ष जनशक्ति चाहिने हो त्यसलाई राम्रो सीप भएको दक्ष जनशक्ति बनमउँने र बाहिर जाँदा आउने रेमिटेन्स भित्राउन सक्ने राम्रो दक्ष जनशत्ति निर्माण गर्ने थियो।’
उनले सरकार र निजि क्षेत्रलाई एक ठाउँमा ल्याउन समेत उद्योग वाणिज्य महासंघले ठुलो भूमिका खेलेको उनको जिकिर छ । ‘निजि क्षेत्रलाई हेर्ने एउटा दृष्टिकोण रहेको थियो । मौद्रीक नीति र बजेटको लागि सुझाब दिने र सबैलाई एकठाउँमा ल्याएर साझा एजेण्डा बनाएर अगाडि बढ्यौं । मलाई लाग्छ १०० दिनको एउटा उपलब्धी यो बीचमा हामीले प्रधानमन्त्रीको भारत भ्रमणको बेला हाम्रो काउन्टर पार्ट सी आई आईसँग बिजनेस सुरु गर्यौं जुन आर्फैमा राम्रो थियो । ’
महासंघले मासिक कार्य योजना अनुसार काम गर्दै जाने उनले जानकारी दिए। साथै, महासंघले पहिलो कार्यकारिणी समितिको पहिलो बैठकबाट वर्तमान अआर्थिक संकटबाट बाहिर निस्कने, आन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजी क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादित दृष्टिकोण लगायत पाँचवटा कुरालाई प्राथमिकता साथ अगाडि बढाएको उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार