माछापुच्छ्रे बैंक आधारभूत रुपमा यसरी भयो बलियो, आकर्षक वित्तीय विवरणले लाभांश क्षमतामा छलाङ्ग
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार ११:४४:९
१९ साउन, काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक वित्तीय विवरण प्रस्तुत गरेको छ । कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीका धेरै सूचकहरूमा उत्साहजनक प्रगति देखिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा कम्पनीको लाभांश क्षमता निकै बलियो बनेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा लाभांश क्षमता करिब ३ गुणाले वृद्धि भएको छ । खुद मुनाफा देखि प्रतिशेयर आम्दानीसम्ममा बैंकले चमत्कारिक बृद्धि हासिल गर्न सफल भएको हो ।
संचित मुनाफा करिब १६३ प्रतिशतले बृद्धि गर्न सफल भएको बैंकको जगेडा कोष रकम पनि २४ प्रतिशतले वृद्धि भएको छ । फलस्वरुप बैंकको प्रतिशेयर किताबी मूल्य करिब १६० रूपैयाँ पुगेको छ । यसरी हेर्दा बैंक आधारभूत रुपमा पनि बलियो हुन थालेको छ । बैंकको सिडी रेसियो ८० दशमलव ६४ प्रतिशत मात्र रहेको छ । यसको अर्थ बैंकसँग कर्जा प्रवाहको लागि राम्रो तरलता रहेको बुझ्न सकिन्छ ।
यस बैंक संचालक समितिको अध्यक्षमा गैर आवासीय नेपाली एशोसियशनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो छन् । बैंक संचालक समितिका अन्य सदस्यमा रोशन के.सी., मुकुन्द महत, जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम, हरिभक्त सिग्देल र बन्दना कार्की रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ सन्तोष कोइराला देखि डेपुटी सीईओमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने रहेका छन् । बैंक अफ काठमाण्डूबाट आफ्नो करियर सुरु गरेका सीईओ कोइराला बैंकिङ क्षेत्रका विभिन्न प्रमुख पदहरुमा २१ वर्षभन्दा बढी सफल अनुभव भएका एक योग्य, युवा र परिणाममुखी बैंकर हुन् ।
कस्तो आयो आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् १२ महिनाको अवधिमा बैंकले १ अर्ब ८५ करोड बराबर खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ६८ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ९ दशमलव ७५ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ८७ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ५ अर्ब ३८ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा १० दशमलव ४३ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ९ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६९ करोड पुगेको छ ।
प्रतिशेयर आम्दानीःकम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रूपैयाँ ०५ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १६ रूपैयाँ ४४ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ९ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ ।
वितरणयोग्य मुनाफाःकम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा जम्मा ५९ करोड ७२ लाख थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १६२ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रूपैयाँ २९ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ५ रूपैयाँ ८२ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ७८/७९ को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ६ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १ दशमलव ६४ प्रतिशतले घटेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २४ दशमलव ०२ प्रतिशतले बढेर ४ अर्ब ४६ करोड रूपैयाँ रहेको छ भने संचित मुनाफा १६२ दशमलव ६६ प्रतिशतले वृद्धि भएर १ अर्ब ५६ करोड रूपैयाँ पुगेको छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १५९ रूपैयाँ ०१ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा २ दशमलव १२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा १ दशमलव ०४ प्रतिशत थियो । यसरी खराब कर्जा भने दोब्बरले बृद्धि हुन पुगेको छ । बैंक व्यवस्थापनलाई खराब कर्जा घटाउनु पर्ने चुनौति खडा भएको छ । आर्थिक मन्दीको प्रभाव बैंकलाई परेको भान यो तथ्याङकले देखाउँछ ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही बढ्दै १० दशमलव ७४ प्रतिशत पुगेको छ । स्प्रेडदर ३ दशमलव ९५ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ३३ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा ठुला शेयरधनीमा सुरेन्द्र महतो रहेका छन् । बैंकमा महतोको १ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १३ दशमलव ३ प्रतिशत बोनस र ० दशमलव ७ प्रतिशत नगद लाभांश दिएको थियो । बिगत ५ वर्षमा कम्पनीले जम्मा ३४ दशमलव ३३ प्रतिशत बोनस, ३१ दशमलव ०७ प्रतिशत नगद लाभांश गरि ६५ दशमलव ४० प्रतिशत लाभांश दिएको छ । ५ वर्षको औसत बोनस शेयर ६ दशमलव ८७ प्रतिशत, नगद लाभांश ६ दशमलव २१ प्रतिशत गरि कुल औसत लाभांश १३ दशमलव ०८ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार