टायरमा आगो लागेपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार ११:५:११
१९ साउन, न्युयोर्क । यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो ।
घटना बुधबार साँझको हो । बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । अवतरणको क्रममा विमानको टायर फुट्यो र एटलान्टाको हार्ट्सफिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरून्त १९० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो। राहत तथा उद्धारका क्रममा एक यात्रु पनि घाइते भएका छन् ।
आफ्नो आधिकारिक विज्ञप्तिमा संघीय उड्डयन प्रशासनले भनेको छ कि बुधबार साँझ ६ बजेतिर भएको थियो, जब बोस्टनबाट डेल्टा उडान १४३७ ले एटलान्टामा अवतरण गर्ने क्रममा यसको बायाँ मुख्य गियर टायर फुट्यो। त्यसपछि यात्रुहरूले आगोबाट बच्न विमानको आकस्मिक शुटको सहारा लिए र चिप्लिएर तल झरेका थिए ।
विमानमा सवार एक यात्रुले स्थानीय न्युज स्टेशन ११ अलाइभलाई आगलागी भएको खबर पाएपछि विमानमा हलचल मच्चिएको बताए । यो घटनापछि मानिसहरू निकै डराए र सबैलाई आफ्नो ज्यानको चिन्ता थियो ।
दुर्घटनाग्रस्त विमानमा सवार रहेका ब्रुस क्याम्पबेलले भने कि डेल्टा चालक दल र एयरपोर्टका कर्मचारीहरूले राम्रो काम गरे र स्थितिलाई छिट्टै नियन्त्रणमा ल्याए। घटनास्थलमा करिब १०० ग्राउन्ड स्टाफ र २० वटा गाडी तैनाथी गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
हमास नेता सिनवारको मृत्यु भएको इजरायलको पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रूसी आक्रमणमा दश सिरियालीको मृत्यु
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
रविको दोस्रो जेल यात्रा, सहकारीले बजायो घण्टी
कात्तिक २, २०८१ शुक्रबार
भुटानसँग बराबरीमा रोकियो नेपाल
कात्तिक २, २०८१ शुक्रबार
बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ, आजै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
छविलाल जोशीविरुद्ध अदालतले दियो २० दिनको म्याद
कात्तिक २, २०८१ शुक्रबार