संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका दण्डहीनता बढाउने प्रावधान खारेज गर्न माग
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १२:१५:११
१९ साउन, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका प्रावधान त्रुटिपूर्ण रहेको जनाउँदै सच्याउन माग गर्दै द्वन्द्वपीडितहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले द्वन्द्वपीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चितमा बाधा पुर्याउन किसिमका प्रावधान हटाउनुपर्ने उनीहरुको माग छ । विधेयक संसदको विषयगत समितिमा छलफलका चरणमा रहेको छ । विधेयकमा हाल कायम रहेको प्रावधान पारित भएमा दण्डहीनता बढ्ने र द्वन्द्वपीडित थप पीडामा पर्ने उनीहरुले बताएका छन् ।
तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका पक्ष र विपक्षबीच मेलमिलाप गराउने र सत्य निरुपण गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक दफावार छलफलका लागि संसदले विषयगत समिितमा पठाएको लामो समय बितेको छ । द्वन्द्वसम्बन्धी बाँकी विषय र मुद्दालाई अन्तिम किनारा लगाउन बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको छ । जसको म्याद आगामी पुससम्मका लागि थप गरिएको छ । तर आयोगका पदाधिकारीले पूर्णता पाउन सकेको छैन ।
द्वन्द्वमा सामेल दुवै पक्षका पीडितहरुले लामो समय बित्दा पनि न्याय नपाएको भन्दै अदालतमा द्वन्द्वका जिम्मेवार नेताहरुविरुद्ध अदालतमा मूद्दा दायर गराउने क्रम बढिरहेको अवस्थाबीच सरकारले विधेयक ल्याएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार