नेपाल किसान महासंघ कोशी प्रदेश समितिको पहिलो पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न
यज्ञप्रसाद भट्टराई
साउन १९, २०८० शुक्रबार १२:२४:१६
१९ साउन, काठमाडौं । नेपाल किसान महासंघ कोशी प्रदेश समितिको पहिलो पूर्ण बैठक सुनसरीको ईटहरी सम्पन्न भएको छ । महासंघका कोशी प्रदेश सभापति राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजस्व ढुंगाना र नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
नेपालमा कृषि विकास र किसान अधिकारका पक्षमा लामो समयदेखि विभिन्न आन्दोलनहरू भए पनि किसानले राहत महशुस गर्ने कुनै हेर्न र सुन्न लायक परिवर्तनहरु भएको पाईदैन । देशको कुल ग्राहस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा कृषिले ओगटे पनि सरकारको कृषिमा लगानी बालुवामा पानी भएको देखिन्छ ।
नेपाली कांग्रेसको स्थापनासँगै २००८ सालमा स्थापना भएको नेपाली कांग्रेसको सबैभन्दा ठूलो र पुरानो भातृसंस्था नेपाल किसान महासंघले समेत बितमा नेपालका विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनहरूमा सकृय सहभागिता जनाउँदै कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्न कृयाशिलता जनाए पनि यसले पूर्ण रुप लिन सकेको देखिँदैन । आन्दोलन पछिका राजनीतिक गतिविधिहरूले नेपाली किसानलाई सम्बोधन गर्न नसक्नु आफैंमा लाजमर्दो कुरा हो ।
किसानका समस्या र किसानका उन्नतिका विषयमा कृयाशिल रहँदै आएको नेपाल किसान महासंघको कोशी प्रदेश समितिले पूर्णता पाएसँगै यसले आफ्ना गतिविधिहरूलाई अगाडि बढाउन सुरु गरेको छ । त्यसका लागि आज कोशी प्रदेश समितिको बैठक सुनसरीको ईटहरीमा गरिएको हो । आजको बैठकमा विभिन्न ३ वटा एजेन्डामा छलफल भएको थियोे । जसमा नेपाल किसान महासंघ कोशी प्रदेश समितिमा मनोनित पदाधिकारी तथा सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण र शुभकामना आदान प्रदान, नेपाल किसान महासंघको स्थापना दिवस मनाउने, र बाँकी रहेका पदहरुमा पदाधिकारी मनोनयन गर्ने रहेका थिए ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले भर्खरै सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेपाली किसानका एजेन्डाहरूले यथेष्ट स्थान पाएको बताउँदै किसानका समस्या तत्काल समाधान गर्न केन्द्रीय समितिको बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेशका समेत सदस्य रहेका नेता केशव भट्टराईले नयाँ आएको टिम अत्यन्तै जागरुक, जुझारु र सकृय रहेको बताउँदै कोशी प्रदेशमा अब किसान आन्दोलन अझ सशक्त हुने र किसानका समस्या तत्काल सम्बोधन गराउन सकिने कुरामा आफू आशावादी रहेको बताए ।
नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव द्वय यज्ञप्रसाद भट्टराई र भबिन खड्काले संयुक्त रुपमा सञ्चालन गरेको उक्त बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना, नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराई, कोशी प्रदेशका उपसभापति द्वय नवीन कुमार चौधरी, भगिरथ शर्मा सुवेदी, नेपाल किसान महासंघका सुनसरी जिल्ला अध्यक्ष रामबृक्ष मेहता, महासंका प्रदेश सदस्यहरू, पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार