‘शिक्षा तर्फ पाइला’ अभियान अन्तर्गत हिमालय एयरलाइन्सद्वारा लव प्रसाद बाल गृहलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १२:५२:८
१९ साउन, काठमाडौं । हिमालय एयरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्त्व अन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । अनाथ तथा विपन्न बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित गैरसरकारी तथा गैर राजनीतिक सामाजिक संस्था लव प्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मत सम्भारका लागि उक्त सहयोग गरेको हाे ।
अगस्ट ३ मा बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एयरलाइन्सका अध्यक्ष श्री झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई रु ३,९६,००० बराबरको चेक हस्तान्तरण गरेकाे हाे । यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हूप जस्ता विभिन्न खेलकुदका सामाग्रीहरू पनि सहयोग गरेका छन्। सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको जनाइएकाे छ।
उक्त सहयोग रकम बालबालिकाको लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकूल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भार गर्न प्रयोग गरिने भएको छ।
“नेपालमै आधार र नेपालमै सेवा ’ हिमालय एयरलाइन्सले लामो समयदेखि गरेको प्रतिबद्धता हो। एयरलाइन्सले स्थापनाकालदेखि नै समाजको लागि सक्दो योगदान गर्दै आएको छ। यसपटक लव प्रसाद बालगृहलाई गरिएको सहयोगले यहाँको बालबालिकाका लागि राम्रो जीवन र बसाइको व्यवस्था गर्न चाहन्छौं र उनीहरू भविष्यमा राष्ट्रको कर्णधार बनोस् भन्ने आशा राख्दछौँ ।,” एयरलाइन्सका अध्यक्ष श्री इन्योङ्गले भने।
बालगृहका अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग गरेको एयरलाइन्सको यस कदमको स्वागत गरिन्। “हाम्रो संस्थालाई गर्नुभएको हेरविचार र योगदानको लागि हामी हिमालय एयरलाइन्स प्रति अन्त्यन्तै आभारी छौँ। उनीहरूको उदार सहयोगलाई हाम्रो रेखदेखमा रहेको बालबालिकाको जीवनमा उल्लेखनीय सुधार ल्याउनेछ।,” उनले भने।
हिमालय एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्वलाई सधैं प्राथमिकतामा राखेको छ र विगत सात वर्षदेखि एयरलाइन्सले अनाथ तथा विपन्न बालबालिकाको लागि सञ्चालन गरिएको ‘प्रयास नेपाल’का बालबालिकालाई विभिन्न शैक्षिक तथा अत्यावस्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार