सामुदायिक ‘होमस्टे’मा जीन बैंक
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १२:५६:३९
१९ साउन, जानकी । आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर 'च्यामा गाभर सुतैया क्लस्टर' क्षेत्रलाई एउटा क्षेत्रका रुपमा लिइ विसं २०७९ फागुन २४ गते नेपाल सरकारबाट अध्ययन तथा अनुसन्धानपश्चात उक्त क्षेत्रमा सामुदायिक जीन बैंक स्थापना गरिएको हो ।
थुप्रै घरायसी जीन बैंक मिलेर सामुदायिक जीन बैंक बन्ने सामुदायिक जीन बैंक सञ्जालका सचिव एवं गाभर भ्याली सामुदायिक होमस्टेका 'घरबास' सञ्चालक कृष्ण चौधरीले बताए । उनका अनुसार जीन बैंक स्थापना भएसँगै गाभर भ्याली होमस्टे क्षेत्रका बासिन्दा आणुवाशिंक स्रोत संरक्षणमा सक्रिय छन् । “यस क्षेत्रका समुदाय जीन बैंक स्थापनाका लागि परम्परागत शैलीमा संरक्षण गर्न अग्रसर छन्”, उनले भने ।
समुदायको जिम्मेवारीमा आफ्नो क्षेत्रमा पाइने बाली, घाँसे बाली, जलीय कृषि वस्तु, पशुपक्षी, किरा, सुक्ष्म जिवाणुको आणुवंशिक विविधता संरक्षण तथा उपयोग हुनेगरी गरिएको व्यवस्थापन प्रणाली नै सामुदायिक जीन बैंक हो । कृषिको सबै जात बाली, घाँसेबाली, पशुपक्षी, किरा, सुक्ष्म जिवाणु र जलीय जीवको संरक्षण तथा उपयोगमा जोड दिन २०७८ फागुन २४ गते उक्त जीन बैंक स्थापना गरिएको थियो ।
नेपाल कृषि जैविक विविधतामा धनी छ तर मौलिक वस्तु लोप हुनेक्रम तीव्र भएकाले जीन बैंक स्थापना भएदेखि कृषि जैविक विविधता भित्र पर्ने छ प्रकारका आणुवाशिक स्रोतको संरक्षण भएको छ । गाभर भ्याली पर्या–पर्यटकीय क्षेत्र भएको हुँदा यस क्षेत्रमा आउने पर्यटकले अणुवांशिक स्रोत संरक्षण गर्नुपर्छ भन्ने ज्ञानको विकास भएको जीन बैंक सञ्जालका सचिव चौधरीले बताए ।
मौलिक वस्तु तथा प्रविधि नै जीवन र आर्थिक उन्नतिका आधार भए पनि करिब ५० प्रतिशत रैथाने कृषि विविधता हराइसकेको छ । कृषिको सबै जातलाई समेटेर समुदाय तहमा संरक्षणका लागि पहल गर्न नेपालमा सामुदायिक बीउ बैंक विसं २०५१ मा स्थापना भए पनि त्यसको खासै प्रभाव भने देखिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार
मेलाबाट भएको आम्दानीबाट वनभोजस्थल सहितको उद्यान
असार २, २०८१ आइतबार
पर्यटकीय आकर्षणको केन्द्रबिन्दु अमरसिंह थापाको शालिक
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार