तलबको माग गर्दै वनका कर्मचारी निरन्तर आन्दोलनमा
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १२:५८:३
१९ साउन, काठमाडौं । एक वर्षदेखि तलब नपाएका वन पैदावार विकास समितिका कर्मचारीहरु शुक्रबार पनि आन्दोलनमा उत्रिएका छन् । ११ दिनदेखि काठमाडौंमा आन्दोलनरत उनीहरुले आज पनि बबरमहदलस्थित वन विभाग परिसरमा प्रदर्शन गरेका छन् ।
वन पैदावार विकास समिति अन्तर्गत सर्लाहीको सागरनाथ वन विकास परियोजना र झापाको रतुवामाई वृक्षारोपण आयोजनाका करिब २ सय जना कर्मचारीहरुले आफूहरुले एक वर्षदेखि तलब नपाएको बताएका छन् ।
सरकारले भने आयोजनाका काठ बिक्री नहुँदा कर्मचारीलाई तलब खुवाउन नसकेको दाबी गर्दै आइरहेको छ । समितिको केन्द्रीय कार्यालयमा १३ जना, रतुवामाई आयोजनामा ४८ र सागरनाथ वन विकास परियोजनामा १४६ जना गरी २०७ कर्मचारी कार्यरत छन् । उनीहरुको तलबभत्तामा मात्र मासिक ७६ लाख रूपैयाँ खर्च लाग्ने गरेको छ ।
महोत्तरी, सर्लाही र रौतहटको १३ हजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको सागरनाथ वन विकास परियोजना र झापामा अवस्थित रतुवामाईस्थित २ हजार ७ सय ५३ हेक्टर क्षेत्रफलमा फैलिएको वृक्षारोपण आयोजना समिति मातहत रहेको छ । दुवै परियोजनाले विरुवा उत्पादन, वृक्षारोपण लगायत वन सम्वर्द्धनसम्बन्धी विविध गर्नुका साथै यहाँबाट काठ उत्पादन तथा बिक्री वितरण गर्छन् । यसबाट प्राप्त आम्दानीबाट कर्मचारीहरूलाई तलबभत्ता खुवाउँदै आएको छ ।
तर आन्दोलित कर्मचारीहरुले भने सरकारले २०७९ सालमा ल्याएको वन नियमावलीका प्रावधानका कारण समितिको काठ बिक्री गर्न नसकेको गुनासो गरेका छन् । समितिका कार्यकारी पद परियोजनाका प्रमुख रिक्त छन् । नियमावली सच्याउनुपर्ने उनीहरुको माग छ ।
तलब पाउनका लागि उनीहरुले छत्रबहादुर लामाको संयोजकत्वमा कर्मचारी संघर्ष समिति नै गठन गरेका छन् । रिक्त पद पूर्ति गर्नुपर्ने, सागरनाथ वन विकास परियोजनामा बिक्री नभई रोकिएको १ लाख ५० हजार क्युबिक फिट काठ बिक्रीको व्यवस्था गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् ।
परियोजना अन्तर्गत उत्पादन गरिएका काठको घाटगद्दीमा २० करोड बराबरको वन पैदावार मौज्दात रहेको उनीहरुले बताएका छन् । नियमालीकै कारण बिक्री वितरणका लागि बोलपत्र आह्वान भएपनि बिक्री हुन नसकेको उनीहरुको भनाइ छ । माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताए । उनीहरुले भोको पेटले काम गर्न नसक्ने भन्दै थाल ठटाएर सरकारको चर्को आलोचना गरेका छन् ।
वन रक्षकका पोशक र परिचयपत्रसहित सडकमा उत्रिएका उनीहरुले ‘अर्बौंको काठ कुहिँदैछ, सरकार विदेशी काठ भित्र्याउँदैछ’ नारा लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार