दोलखा पहिरो अपडेट : घाइते दुई जनालाई काठमाडौं ल्याइयाे
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १३:१३:८
१९ साउन, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएकाे छ ।
घाइते ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीलाई उपचारको लागि शुक्रबार दिउँसो काठमाडौं ल्याइएकाे हाे । उनीहरूकी बुहारी २२ वर्षीय सीता थामीको दोलखाको सिँगटी अस्पतालमा उपचार भइरहेको छ ।
सो पहिरोमा परि एक नाबालक प्रिन्स थामीको ज्यान गएको छ भने स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीय देवीमाया मगर बेपत्ता छन् । गए राति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारमा घर पुरेको थियो । पहिरोले घर पुर्दा सो घटना भएको हो । पहिरोमा हराएकोको खोजी जारी रहेको दोलखा प्रहरीले जनाएको छ ।
पहिरोका कारण दुईवटा वडाका आठ घरमा क्षति पुगेको छ भने ३२ बढी घर जोखिममा परेको छन् । जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबीच छलफल
असोज ३, २०८१ बिहिबार
९ वर्षपछि सर्वसाधारणका लागि खुल्यो धरहरा, आज निःशुल्क चढ्न पाइने
असोज ३, २०८१ बिहिबार
शीर्ष तहबाट जवाफ नआएपछि १७ राजदूतको संसदीय अनुमोदन अन्योलमा, आज समितिको बैठक
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर विष्फोट कसरी गराइयो ?
असोज ३, २०८१ बिहिबार