बजारीकरण गर्न सकियो भने नेपाली हाते कागजको अन्तर्राष्ट्रिय बजारकाे सम्भावना छ : सचिव मरासिनी
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १४:१४:३५
१९ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बजारीकरण गर्न सकियो भने नेपाली हाते कागजको अन्तर्राष्ट्रिय बजारको सम्भावना रहेको बताएका छन् ।
शुक्रबार नेपाली हाते कागजको विशेष मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै सचिव मरासिनीले सरकारको तर्फबाट सरकारको नीतिमा यसलाई सम्भावना भएको उत्पादनको रुपमा पहिचान गरेको जानकारी पनि दिए । उनले सरकारको तर्फबाट एउटा राम्रो भविष्य भएको वस्तुको रुपमा पहिचान गर्नु नै सरकारले यो क्षेत्रलाई प्राथमिकता दिएको पुष्टि हुने बताए ।
उनले भने ‘ हाते कागज परम्परागत वस्तु हो । यो एउटा मौलिक र दिगोपन भएको वस्तु पनि हो र यसलाई त्यही अनुरूप बजारी करण गर्न सकियो भने यसको अन्तराष्ट्रिय बजारको सम्भावना पनि छ, हामीले यस्तो प्रकारको मौलिक उत्पादनको प्रवर्द्धन गर्नको लागि बजेट पनि छुट्याएका छौ । यसको प्रवर्द्धन बढाउन र स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न कस्तो खालको व्यवस्था गर्नुपर्छ त्यसबाट छुट्याइएको बजेट पनि खर्च हुन्छ । ’
अहिलेको चुनौती भनेको नै व्यापार घाटा भएको उल्लेख गर्दै सचिव मरासिनीले भने ‘ त्यो घटेको विदेशी कच्चा पदार्थमा आधारित वस्तुको निर्यात घट्यो । स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरू गलैँचा, पस्मिना, चिया हरेकको निर्यात बढेको छ । स्वदेशकै कच्चा पदार्थबाट वस्तु उत्पादन गर्न सकियो भने त्यो दिगो हुन्छ । ’
हाते कागजले नेपाली परम्परा र मौलिकता बोक्नुको साथै साना तथा मझौला उद्योगीहरुले उत्पादन गर्ने विषय भएको चर्चा गर्दै सचिव मरासिनीले योसँग साना उद्योगीहरुको आम्दानी र रोजगारीसँग जोडिएको र यसको प्रबर्द्धन हुनु भनेको आम नेपालीहरूको स्तर र रोजगारी वृद्धि हुनु भएको बताए ।
उनले भने ‘ निजी क्षेत्रले पनि यस्तो खालको वस्तुको बजारी करण गर्नुपर्छ । हामीले बजारी करण र अनुसन्धानमा खर्च गर्ने हो भने यसको सम्भावना धेरै हुन्छ । यस्तो वस्तुको पहिचान गरेर यसको प्रदर्शन गर्ने व्यवस्था गर्नुपर्छ । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार