नागरिकता मुद्दामा धरौटीमा रिहा भएकी डाक्नेश्वरीकी उपप्रमुख मीराका श्रीमान जेल चलान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १४:१८:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/mahendra_kumar_59DtY2TdJs_i1PzRXq4vC.jpg)
१९ साउन, काठमाडौं । कीर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको कसुरसम्बन्धी मुद्दामा एक लाख रुपैयाँ धरौटीमा रिहा भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवका श्रीमान महेन्द्रकु्मार यादवलाई मुद्दा पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
‘नक्कली’ नागरिकता कसुरमा आत्मसमर्पणपछि २३ दिन प्रहरीको न्यायिक हिरासतमा बसेको मीराकुमारी साउन ८ मा नै धरौटीमा रिहा भएकी थिइन् । उनलाई जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङगनामको इजलासले धरौटी बुझी तारेखमा छाडेको थियो । स्थानीय कृष्णकुमार यादवको जाहेरीले मीरा दम्पत्तिलाई प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर पक्राउ गरेको थियो ।
पछि न्यायाधीश लालकाजी श्रेष्ठको इजालसले बिहीबार महेन्द्रकुमारलाई जेल चलान गर्न आदेश दिएकाे हाे । आदेशपछि उनलाई राजविराज जेलमा लगिएको छ । मीरा दम्पत्तिले भारत र नेपालको दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी परेको थियो ।
अभियुक्त मीरा दम्पत्ति भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको निर्मली थानास्थित मझारी ग्रामका बासिन्दा रहेको खुलेको छ । तर उनीहरूले सप्तरीको हाल डाक्नेश्वरी नगरपालिका-६ (साविक औरही गाविस वडा नम्बर–३) ठेगाना भएको झुठो विवरण देखाएर नागरिकता प्रमाणपत्र लिएको पाइएको छ । प्रहरीका अनुसार भारतको निर्वाचन नामावली २०२२ मा महेन्द्रकुमार बिहार राज्यको क्रम संख्या ६३२ र मीरा ६३३ क्रम संख्या रहेको विवरण खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार