नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री शर्मा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १४:३०:८
![](https://nepalbahas.prixacdn.net/media/albums/reka_LCypB72ACG_D2vifZmOil.png)
१९ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएकी छिन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले आयोजना गरेको २०७९ का एसईई उत्तीर्ण विद्यार्थीहरूलाई अभिनन्दन समारोहमा मन्त्री शर्माले विद्यार्थीहरूलाई गुणस्तरिय शिक्षा दिने विषयमा सामुदायिक विद्यालयहरू मात्र सक्षम नभएको भन्दै यसमा निजी क्षेत्रको पनि भूमिका आवश्यक रहेको बताए ।
उनले भनिन्, नेपालको शिक्षा क्षेत्रमा योगदान गर्ने सन्दर्भमा निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण छ । सबै विद्यार्थीहरूलाई शिक्षा दिने कुरामा सामुदायिक विद्यालयहरूले मात्रै भूमिका निर्वाह गर्न सक्ने अवस्था छैन । ३० प्रतिशतभन्दा बढि निजी क्षेत्रको छ । ’
मन्त्री शर्माले आजको विद्यार्थी भोलि देशको नेतृत्व भएको भन्दै नेपालको शिक्षा प्रणालीले विद्यार्थीहरूलाई शिक्षाको साथै व्यवहारिक, देशप्रति प्रतिवद्ध र कर्तव्यबोध बनाउन पनि आवश्यक भएको बताइन् ।
उनले भनिन्, १२ कक्षा पास भएपछि बाहिर जाने जुन प्रवृत्ति छ, त्यसले हाम्रो उच्च शिक्षालाई गुणस्तरी बनाउने चुनौती थपिएको छ । विद्यार्थीलाई शिक्षाको साथै व्यवहारिक बनाउने, देशप्रति प्रतिवद्ध बनाउने, कर्तव्यबोध बनाउँन पनि जरुरी छ । आजको विद्यार्थी भोलि देशको नेतृत्व गर्ने भएको हुँदा नेतृत्वलाई बलियो बनाउन पनि राम्रो शिक्षा आवश्यक छ । ’
मन्त्री शर्माले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखेको चर्चा गर्दै शिक्षा र स्वास्थ्य निश्चित रुपमा मौलिक हकको रुपमा स्थापित र नि:शूल्क हुनुपर्ने बताइन् । उनले सामुदायिक र निजी विद्यालयलाई प्रतिस्पर्धा बनाउन जरुरी रहेको पनि बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार