मापदण्डविपरीत चलाइएको भन्दै मेडीसिटीसहित ८ अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १४:५८:५३
१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको मापदण्ड अनुसार सञ्चालन नगरिएको भन्दै विभिन्न ८ वटा अस्पतालहरूलाई कारबाही गर्ने भएको छ । उनीहरूमाथि कुन हदसम्मको कारबाही गर्ने भन्ने बारे स्वास्थ्य मन्त्री र मन्त्रालयका अधिकारीहरूबीच छलफल चलिरहेको छ । मन्त्रालयमा पटक पटक अस्पतालहरुबिरुद्ध उजुरी आएपछि बिहीबार ती अस्पतालहरूको निरीक्षण गरिएको थियो ।
मन्त्रालयमा उजुरी आएपछि बिहीबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वको टोली अनुगमनमा निस्किएको थियो । अनुगमनपछि उपत्यकाका आठ वटा अस्पतालमाथि कारबाही नै गर्नुपर्ने देखिएकाले कारबाहीबारे मन्त्रालयमा छलफल भएको हो । अनुगमन गरिएका अस्पतालमा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड नै लागु नभएको पाइएको अनुगमनमा संलग्न एक कर्मचारीले बताए ।
अनुगमनमा मन्त्री बस्नेतसहित सचिवहरू डा.विकास देवकोटा, डा. टंक बराकोटी, डा.संगीता कौशल मिश्र र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहको नेतृत्वमा चार वटा टोली बनाइएको थियो । हरेक टोलीमा प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, नर्सिङ अधिकृत, फर्मासिस्ट, माइक्रोबायोलोजिस्ट, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, सरुवा रोग विशेषज्ञ, मानव संसाधनका विज्ञलाई सहभागी गराइएको थियो ।
अनुगमन गरिएकामा नेपाल मेडिकल कलेज जोरपाटी, शंकरापुर अस्पताल जोरपाटी, अल्का अस्पताल जावलाखेल, मेडीसिटी अस्पताल भैँसेपाटी, कान्ति बाल अस्पताल महाराजगञ्ज, मनमोहन सामुदायिक अस्पताल स्वयम्भू, भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पताल गठ्ठाघर भक्तपुर रहेका छन् ।
अनुगमनमा संलग्न टोलीले प्रस्तुत गरेको प्रारम्भिक रिपोर्टका आधारमा अधिकांश अस्पतालहरूले मापदण्ड पालना नगरेको नपाइएको हो । सो क्रममा अस्पतालहरूले कूल शैयाको १० प्रतिशत विपन्नलाई निःशुल्क उपचारका लागि छुट्याउनुपर्नेमा त्यसो नगरेको पाइएको थियो ।
आवश्यकताभन्दा बढी शल्यक्रियामार्फत डेलिभरी गराएको, प्याथोलोजी व्यवस्थित नभएको, स्टाफ नर्स तथा सहायक स्तरका कर्मचारीहरूलाई न्यूनतम् तलब समेत नदिइएको पाइएको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनको उचित व्यवस्थापन नगरेको, अस्पतालमा उपलब्ध सेवा सार्वजनिक नगरिएको लगायतका धेरै मापदण्ड विपरीतका कार्य भएको पाइएकाले कारबाही गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार