एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य पार्टीबाट निष्कासित
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १५:१५:१९
१९ साउन, काठमाडौं । सत्तागठबन्धनका घटक नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदीय सुवास कर्माचार्य पार्टीबाट निष्कासित भएका छन् । सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका कर्माचार्यलाई कीर्तिपुरमा शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साधरण सदस्यता समेत नरहने गरी निष्कासन गरेको हो ।
पार्टीको नीति, कार्यक्रम र सङ्गठनात्मक पद्धतिविपरीत कार्य गरेको र सच्चिन अस्वीकार गरेको जनाउँदै निष्कासन गरिएको एकीकृत समाजवादीले जनाएको छ । कर्माचार्य एमाले प्रवेशको तयारी गरेको ठहरसहित निष्कासन कारवाही गरिएका पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादी एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा फुटेर बनेको पार्टी हो । पार्टीसँग अहिले संघीय संसदमा १० सांसद छन् । निर्वाचन आयोगले तोकेको मत कटाउन नसक्दा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट चुकेको छ । यसपछि पार्टीभित्र नेतृत्व र पार्टी नीतिको विरोध हुने क्रम रोकिएको छैन । हाल सरकारमा पार्टीबाट दुई जना मन्त्री छन् । कर्माचार्य पनि पार्टी नेतृत्व र नीतिको खरो विरोध गर्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार