माओवादीको केन्द्रमा थपिएका महिला सदस्य को को हुन् ?
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १५:४१:५०
१९ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको ३२ सांसद रहेको नेकपा (माओवादी केन्द्र)मा २२ जना महिला केन्द्रीय थप भएका छन् । योसँगै केन्द्रीय सदस्य सदस्य ४०७ पुगेको छ । संशोधित विधानअनुसार २ जना थप गर्न बाँकी नै छ । पार्टीमा केसमा ३५ प्रतिशत महिला पुर्याउने तयारी माओवादी केन्द्रको छ ।
थपिएका सदस्यहरू पार्टीको जारी केन्द्रीय समितिको जारी चौथो पूर्ण बैठकमा सहभागी भएका छन् । थप गरिएका महिला केन्द्रीय सदस्यहरुमा पार्वती थापा, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही, छमकुमारी खनाल, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, शरू चौधरी रहेका छन् ।
बुधबारबाट कमलादीस्थित प्रज्ञाभवनमा जारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको छ । आजसम्ममा डेढ सय जनाले धारणा राख्ने अनुमान गरिएको छ ।
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नेतृत्व पुस्तान्तरण र विशेष महाधिवेशनको माग गरेका छन् । केन्द्रीय समितिकाे संख्या घटाउनुपर्नेे र विलासी जीवन बनाएका नेताहरूकाे सम्पत्ति छानबिन गर्नुपर्ने विचार राखेका छन् । सदस्यहरुले बोल्ने क्रम सकिएपछि आइतबार प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारितका प्रस्ताव गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रका केन्द्रीय सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार