कांग्रेस लुम्बिनीले जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई भदौ पहिलो साता प्रशिक्षण दिने
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १५:५८:२८
१९ साउन, भालुवाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो साता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भाद्र महिनाको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधिसभा क्षेत्रीय सभापति र ५२ प्रदेशसभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताए । नवलपरासी पश्चिममा आयोजना गरिने प्रशिक्षणलाई वरिष्ठ नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तह गत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताए । प्रशिक्षण पश्चात पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विशेष आधार तय हुने सभापति पुनले बताए । प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्ती बैठक सन्चालन गर्ने र आगामी बैठक पाल्पा जिल्लामा आयोजना गरिने विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार