माओवादी केन्द्रको सीसी बैठकः नेताहरूको कार्यशैलीकाे चर्को आलोचना
नेपाली माेडलकाे समाजवाद ठाेस गरेर अगाडि बढ्नु पर्नेमा जाेड
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १७:२८:२२
१९ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का काठमाडाैंको कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति (सीसी)को चौथो पूर्ण बैठकमा नेताहरूको कार्यशैली र व्यवहारको चर्को आलोचना भएको छ ।
बुधबारबाट सुरु भएको बैठकमा बुधबार नै अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा बिहीबार र आज शुक्रबार पदाधिकारी र केन्द्रीय नेताहरूको कार्यशैलीको आलोचना गरेका छन् ।
केन्द्रीय तहका नेता र तिनका आसपासमा रहेका काम गर्ने नेता कार्यकर्ताको जीवनशैली विलासी र सामन्ती शैलीमा विकसित भएको र चाप्लुसी गर्नेहरूलाई मात्र जिम्मेवारी र सुविधाका पदमा लैजाने गरिएको भन्दै बैठकले कार्यशैली र व्यवहारबारे ठोस नीति लिनुपर्नेमा अधिकांश साथीहरूले धारणा राखेको केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बैठक परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।
बोल्ने अधिकांश नेताहरूले पार्टी जीवन्त हुन नसकेको र कार्यदिशा अन्योल रहेको धारणा राखेको उनले बताए । ‘पार्टी नेतृत्वले भनेको समाजवादमा कहिले र कसरी पुग्ने ? नेपाली मोडलको समाजवाद भनेको के हो, कस्तो हुने ? भन्ने बारे साथीहरूले यही बैठकबाट ठोस गरेर जानुपर्ने मत राखेका छन्’ उनले भने । पार्टीको विधानअनुसार आज पार्टीमा २२ जना महिला सदस्य केन्द्रीय समितिमा थप गरिएको बताए । उनका अनुसार ४०९ सदस्यीय सीसीमा २०९ जना वैकल्पिक केन्द्रीय सदस्य छन् ।
केही नेताहरूले तस्करीसँग जोडिएका र भ्रष्टाचारमा मुछिएका लगायत विभिन्न आरोप लागेका पदाधिकारीहरूबारे पनि ठोस निर्णय गरेर जानुपर्ने मत राखेको बताइएको छ । बैठक आइतबारसम्म चल्नेछ ।
माओवादी केन्द्र अहिले सरकारको नेतृत्व गरिरहेको छ । पछिल्लो चरणमा मुलतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ मा सय केजीभन्दा बढी तस्करीका सुन भित्रिएको विषयमा पार्टी र सरकारको चर्को आलोचना भइरहेको छ । तस्करी नियन्त्रण गर्ने तालकदार मन्त्रालय सरकारकाे अर्थ मन्त्रालय नेपाली कांग्रेसले सम्हालिरहेको छ भने गृह मन्त्रालय माओवादी केन्द्रकै पोल्टामा रहेको छ ।
सत्तामा सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न भन्दै १० वर्ष सशस्त्र संघर्षबाट गुज्रिएको माओवादीका अधिकांश नेता कार्यकर्ताहरूको शान्ति प्रक्रियाबाट संसदीय व्यवस्थामा प्रवेश गरेपछि घर, सम्पत्ति, बंगला र विलासी जीवनशैली बनेको अवस्था छ ।
प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै संसदको दुवै सदन चल्न दिएको छैन । उसले अर्थमन्त्री र गृहमन्त्रीकाे राजीनामा माग गरेकाे छ । यद्यपि, सुन प्रकरणमा अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले १६ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।
यसै बीच आजै मात्र प्रधानमन्त्री प्रचण्डले सुन प्रकरण छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अुनसन्धान ब्यूरो (सीआईबी) लाई दिन निर्देशन दिएका छन् । सरकार तालुक निकायले अनुसन्धान गरिरहेका बेला बाहिरबाट छुट्टै समिति गठन गर्नु आवश्यक नहुने भनाइ सरकारका प्रवक्ताले राखेकै भोलिपल्ट प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार