धेरै जसो नदी तथा खोलामा आज बाढीको जोखिम, उच्च सतर्क हुन आग्रह
नेपालबहस संवाददाता
साउन २०, २०८० शनिबार ९:४२:१९
२० साउन, काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी, सिराहा, धनुषा, सर्लाही, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ भएर बहने नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ ।
गोरखा, लमजुङ, कास्की, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर अछाम, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर बहने केही नदीमा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज र भोलि देशका प्रमुख नदीको जलसतह केही बढ्ने तर सतर्कता तहभन्दा तलै रहनेछ । सोमबारबाट जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबारदेखि तिनाउ, पश्चिम राप्ती, बबई र यसका केही साना सहायक नदी र चुरे, तराईका केही नदीमा जलसतह सतर्कता तहमा पुग्न सक्ने बताइएको छ । यी क्षेत्रका नदी तथा खोलाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको एआईसम्बन्धी अवधारणा पत्रमा क्यानले चलायो छलफल
असोज १८, २०८१ शुक्रबार
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मूल्य !
असोज १७, २०८१ बिहिबार
सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
असोज १४, २०८१ सोमबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार