आजदेखि ७७ वटै जिल्लामा कांग्रेसको सांगठनिक सुदृढीकरण अभियान सुरु, १० दिनसम्म चल्ने
नेपालबहस संवाददाता
साउन २०, २०८० शनिबार १०:३३:५१
२० साउन, काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएर सांगठनिक सुदृढीकरण अभियान सुरु भएको छ । तोकिएका केन्द्रीय प्रतिनिधिहरू जिल्ला जिल्लामा पुगिसकेको जनाइएको छ । केन्द्रीय नेताहरूलाई जिल्लान्तर गरेर जिम्मेवारी तोकिएको छ । साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णय बमोजिम केन्द्रीय प्रतिनिधिहरू जिल्ला पठाएर कार्यक्रम गर्न लागिएको हो ।
अभियान साउन ३० गतेसम्म सञ्चालन हुने छ । पार्टी सभापति शेरबहादुर देउवाले ७७ जिल्लाको १६५ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि तोकेका हुन् । यो अभियानमा सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य तथा पूर्वकेन्द्रीय सदस्यहरूलाई पठाइएको छ ।
कांग्रेसले सांसद रहेका केन्द्रीय सदस्यलाई भने जिम्मेवारी दिइएको छैन् । सांसदबाहेकका नेताहरूलाई मात्र खटाइएको छ । पार्टीको दोहोरो पदीय भूमिकामा रहेका नेताहरूलाई पहिलो चरणको पार्टी संगठन सदृढीकरणका लागि नेता परिचालित गर्ने कुरामा सांसद र केन्द्रीय सदस्य दुवै पदमा भएकालाई जिम्मेवारी नदिइएको हो ।
केही जिल्लामा केन्द्रीय सदस्यहरू र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ । केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन । प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् । दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म अभियान तोकिएको छ ।
पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्यहरूले पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । अपूर्ण रहेको कार्यसमिति छ भने पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने, आन्तरिक विवाद समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका काम पहिलो चरणमा हुने कांग्रेसले जनाएको छ ।
यसअघि कांग्रेस केन्द्रीय समिति बैठकले प्रत्येक गाउँ वा नगर समितिले सेवा दल बनाउने निर्णय गरेको थियो । सेवा दल गठनको प्रक्रिया सुरु गराउन केन्द्रीय सदस्यहरूले सहजीकरण गर्नेछन् । भदौ १० देखि २४ गतेसम्म तोकिएको दोस्रो चरणको अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरूले गतिविधि गर्नुपर्ने हुन्छ । दोस्रो चरणलाई नेपाली कांग्रेसले समुदायमा आधारित राष्ट्रव्यापी अभियान भनेको छ । दोस्रो चरणमा केन्द्रीय सदस्य समुदायमा जाने, नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरूको कुरा सुन्ने काम हुनेछ ।
पार्टीको आन्तरिक जीवनमा आमुल परिवर्तनका एजेण्डा बनाउने, कार्यान्वयन गर्ने र जिल्लाका राजनीतिक तथा समसामयिक विषयमा कांग्रेसले कस्तो उपस्थिति जनाउने भन्ने बारे जिल्लामा भेला भएका केन्द्रदेखि इकाइसम्मका नेताहरूबीच छलफल चल्नेछ । यसका लागि केन्द्रबाट केन्द्रीय सदस्यसहित अन्य नेताहरू पनि खटाइएका छन भने प्रदेश सभापति र प्रदेश कार्यसमितिलाई पनि कार्यक्रमको जिम्मेवारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार