धादिङमा फैलिँदै आँखा पाक्ने रोग
नेपालबहस संवाददाता
साउन २०, २०८० शनिबार १४:१८:१२
१९ साउन, मलेखु । धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेका छन् । उपचारका लागि आउनेमध्ये ४० देखि ४६ जनामा आँखा पाक्ने समस्या भेटिएको छ ।
एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको केन्द्रका नेत्र अधिकृत डा. रामसिंह तामाङले बताए । “दैनिक आँखा पाक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या बढिरहेको छ । समुदायस्तरमा यसको सङ्क्रमण फैलिसकेको छ”, उनले भने, “बालबालिका र युवामा यो समस्या बढी देखिएको छ ।”
आँखा पाक्ने रोग उपचारका लागि विभिन्न सरकारी, निजी अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको तामाङले बताए । प्रदूषित हावा र मौसमका कारण यसको सङ्क्रमण फैलिरहेको चिकित्सकको भनाइ छ ।
यसबाट बच्न सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यानलगायत सामान अरुले प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, सङ्क्रमित व्यक्तिको नजिक नजाने, कालो चश्मा लगाउने, आँखा जाँच गराएर चिकित्सकको परामर्शअनुसार औषधिको प्रयोग गर्नुपर्ने नेत्र अधिकृत डा. तामाङले सुझाव दिए । “धुवाँधुलोबाट जोगिन सकियो भने पनि घरमा बसेर यो रोगबाट बच्न सकिन्छ”, उनले भने ।
हाल जिल्ला सदरमुकाम धादिङबेँसी आसपासमा यसको सङ्क्रमण बढी देखिएको छ । विद्यालयका बालबालिकामा समेत यो रोग फैलिइसकेकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा खनियाबास, गजुरी, ज्वालामुखी, सल्यानटारलगायत पालिकामा आँखा केन्द्र सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
असोज १४, २०८१ सोमबार
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
असोज १४, २०८१ सोमबार
विश्व मुटु दिवस : नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने
असोज १३, २०८१ आइतबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज १५, २०८१ मंगलबार
पहिरोका कारण मेची राजमार्ग अवरुद्ध
असोज १५, २०८१ मंगलबार
जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ
असोज १५, २०८१ मंगलबार
तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार