प्रहरीका फूटबल खेलाडीबीच कुटाकुट हुँदा एक जना सख्त घाइते
नेपालबहस संवाददाता
साउन २०, २०८० शनिबार २२:४४:५५
२० साउन, काठमाडौं । नेपाल प्रहरीका दुई फूटबल खेलाडीबीच झगडा हुँदा एक जना सख्त घाइते भएका छन् । प्रहरी नायब निरीक्षक (सइ) रितेश थापाले फुटबलका राष्ट्रिय खेलाडी भरत शाहलाई कालोपुलको झिर रेष्टुरेण्टमा बोलाएर कुटपीट गरेका हुन् । घाइते भएको फूटबल खेलाडी नेपाल प्रहरीका सहायक हवल्दार हुन । उनको ट्रमा सेण्टरमा उपचार हुन नसकेपछि विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
फूटबल खेलाडी रहेको सई थापाले शाहलाई कुटपिट गरेको भन्दै प्रहरी वृत्त मालीगाउँमा उजुरी गरेका छन् । दुवैले झिर रेष्टुरेण्टमा मदिरा सेवन गरेको र त्यस क्रममा झगडा हुँदा थापाले साहलाई सख्त घाईते हुने गरी कुटपिट गरेका हुन् । अनन्तको अस्ट्रेलियाको भिसा लागेको अवसर उनीहरू दुवै जनाले खुसी साटासाट गर्ने भन्दै झिरमा रेष्टुरेण्टमा मदिरा सेवन गरेका थिए ।
खेल र केटीको विषयमा विवाद भएपछि थापाले बियरका ग्लासले भरतको टाउकोदेखि शरीरका विभिन्न भागमा हिर्काएका थिए । भरतको शरीरमा १८ वटा टाँका लागेको प्रहरी स्रोतले जनाएको छ । उनीहरू झगडा गरेको विषयमा एकेडमीका कार्यरत एससएपी बेलबहादुर पाण्डेको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।
समितिले घटनाको सिसिटिभी फुटेज ल्याएर अध्ययन गर्दा फुटेजमा सुरुमा रितेशले भरतलाई लात्ताले हानेको र त्यसपछि भरत रिसाएको देखिएको छ । ‘उनीहरुको विषयमा थापालाई निलम्बन गरेर अनुसन्धान हुँदैछ, प्रहरी परिसरका एक अधिकारीले भने । सो घटना साउन १० गते राती भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार