महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप भयावह
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार ११:१:४८
♦ विशाल बस्नेत
२० साउन, महोत्तरी । महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकाे बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन । उनका अनुसार आँखा रातो हुने, कचेरा लाग्ने, टाँसिने, आँसु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठ्यारो हुने यो रोगको लक्षण भएको चिकित्सकहरुको भनाइ छ ।
यो रोगको प्रकोप तिव्र रुपमा फैलिए पछि निको नहुन्जेल रोग लागेका विद्यार्थीहरूलाई घरमा राख्न अभिभावकहरुलाइ अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका संचालक अरुण कार्कीले जानकारी दिए । सो रोग फैलने क्रम तीव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरूले बताएका छन ।
अहिले जिल्लाका क्लिनिक र अस्पतालहरू आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले बृदी भएको अस्पतालले जनाएको छ ।
यस रोगबाट बच्न के गर्न सकिन्छ ?
यो रोग प्रकोपको रुपमा भयावह भएर फैलिएता पनी सामान्य भएको चिकित्सकहरुले सल्लाह दिएका छन ।उनीहरुको अनुसार सामान्य बिषयहरुमा ध्यान दिएता पनि रोग निको हुन सक्दछ । जथाभाबी रुपमा आँखा नछुने, आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्ने संक्रमितहरुले प्रयोग गरेका तौलिया, रुमाल प्रयोग नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता उनीहरूको सुझाव रहेको छ ।
रोग लागि हालेमा पनि नडराउन चिकित्सकहरूले सचेत गराएका छन । रोग लागि हालेमा पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइ सकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्ने, आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरूलाई प्रयोग गर्न वा छुन नदिने, कालो चस्माको प्रयोग गर्ने, आफूले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने, जथाभाबी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने कुराहरूमा उनीहरुले सचेत गराएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार