टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड, करिब ३० हजारको क्षति
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १२:५:७
२१ साउन, टीकापुर । कैलालीको टीकापुर-३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको छ। शनिबार राति अज्ञात समूहले तीन वटा कक्षा कोठाको ढोका फोडेर डेस्क-बेन्च तोडफोड गरेको हो।
विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क-बेच्न र झ्याल-ढोकामा तोडफोड गरिएको छ। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए।
'विद्यालय शिक्षा प्रदान गर्ने थलो हो। सामुदायिक विद्यालय त झनै सबैको साझा सम्पत्ति हो। यसरी विद्यालयको सम्पत्ति तोडफोड गर्दा कसैलाई फाइँदा पुग्दैन। यो एकदमै निन्दनीय घटना हो। दोषीमाथि कडा कारबाहीको माग गर्दछौ', भट्टराईले भने। पटक(पटक विद्यालयमा यस्ता खाले घटना दोहोरिने गरेको उनले बताए।
आफू प्रअ भएर आइसकेपछि यो चौथो पटक विद्यालयमा तोडफोड भएको उनको भनाइ छ। 'एक जना विद्यार्थीको झोला पनि छुटेको रहेछ। त्यो झोला र झोलामा रहेका सबै पुस्तक तथा कपिहरू पनि च्यातच्युत पारिएको छु, उनी भन्छन्।'
यसअघि अफिस रुममै तोडफोड भएको उनले बताए। 'यसअघि अफिसकै सामान चोरी भएको थियो। ३५ सय रुपैयाँ, भान्सामा भएका खाजाका सामान, बाल कल्याण संघले दिएको एक सय चक्की साबुन चोरी भएको थियो', उनले भने। दोषीलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न उनले माग गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार