स्थायी कमिटी बैठकमा झलनाथकाे दस्तावेजः ‘पार्टी दक्षिणपन्थी र माओवादी केन्द्रकाे पुच्छर बन्याे’ (दस्तावेजसहित)
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १३:११:७
२१ साउन, काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी र माओवादी केन्द्रको पुच्छर बनेको गम्भीर आरोप लगाएका छन् ।
शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा फरक दस्ताबेज पेस गर्दै यस्तो आरोप लगाएका हुन् । उनले एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी गठन भएपनि पार्टी सही र स्वतन्त्र ढंगले चल्न नसकेको जिकिर गरेका छन् ।
१६ पेज लामो ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्तावेज पेस गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले लेखेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गू जस्तो भएर अघि बढ्यो ।’ चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको उल्लेख गरेका छन् ।
पार्टी नेतृत्वको कमजोरी र गलत रवैयाका कारण पार्टी नेता कार्यकर्ता निराश बनेको उल्लेख गर्दै ‘बरु एमालेतिरै जाने’ चिन्तन बढेको बताएका छन् । उनले अमेरिकी मिलिनियम च्यालेञ्च कर्पोरेसकाे ल्याएकाेनेपालमा विकासका नाममा ल्याएको परियोजना सम्झाैतालाई स्वीकार गरेर राष्ट्रका लागि कलंकको काम गरेको दाबी गरेका छन् । पार्टीलाई वामपन्थी धाराबाट दक्षिणपन्थी मार्गमा जानबाट रोक्न वामपन्थी शक्तिहरूबीच एकता र सहकार्य गरेर अगाडि बढनु नै अहिलेका मुख्य आवश्यकता रहेको उनको तर्क छ ।
उनले दलाल–पूँजीवाद र जनताको अन्तरविरोध नै प्रमुख वर्गीय अन्तरविरोध भएको उनको निष्कर्ष छ । गलत कार्यदिशाका कारण पार्टी चुनावमा हार खान पुगेको उनको तर्क छ ।
गत मंसिरमा सम्पन्न प्रदेश र संघकाे चुनाव र गत वर्ष बैशाखमा भएकाे स्थानीय चुनावमा एकीकृत समाजवादी एमालेबाट फुटेर माओवादी केन्द्र, कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेकाे थियाे ।चुनावमा निर्वाचन आयाेगले ताेकेकाे मत पाउन नसकेर राष्ट्रिय पार्टी बन्न सकेन । यसपछि अध्यक्ष नेपालकाे विराेध झनै बढेकाे अवस्था छ । नेपालकै याेजनामा हाल एकीकृतबाट २ मन्त्री सरकारमा छन् । केही प्रदेशमा पनि एकीकृत समाजवादी सरकारमा छ ।
पार्टी र नेतृत्वले बेलाबेला गरेका सम्झौता र निर्णयमाथि समीक्षा गरेर निर्मम रुपमा सच्याएर अगाडि बढनुको विकल्प नरहेको उनले उल्लेख गरेका छन् ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले मिलेनियम च्यालेन्ज सम्झौता आउँदो भदौबाट पूर्णरुपमा लागू हुने जनाएकाे छ । उसले सम्झाैता (इन्ट्रि इनटु फोर्स (ईआइएफ)को चरणमा पुगेको जनाएकाे छ ।
अमेरिकाले एमसीसीलाई आफ्नो सेना नेपालभित्र छिराउन विकासका कार्यक्रम प्रवेश गराएको भन्दै राजनीतिक दलहरुबाटै चौतर्फी विरोध हुँदै आइरहेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत संसदमा रहेका दलहरूले सम्झाैतालाई गत फागुनमा संसदबाट पारित गराइ कानुनकाे रूपमा दिइसकेका छन् ।
अमेरिकाले सम्झाैता अनुरूप पाँच वर्षमा ५५ अर्ब रूपैयाँ प्रसारण लाइन र ग्रामीण सडक निर्माणमा सहयाेग गर्ने र त्यसमा नेपाल सरकारले २५ प्रतिशत याेगदान गर्नुपर्ने सर्त राखेकाे छ । नेपालले याेगदान गर्न नसके उसले सहयाेग राेक्ने प्रावधान राखेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार