मन्थलीका ६ वटा वडा कार्यालय भवन एकैसाथ बन्दै
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १३:२६:५६
२१ साउन, रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ वटा वडा कार्यालय भवन एकैसाथ निर्माण भइरहेका छन् । वडा कार्यालयका ती भवन एकै डिजाइनका बन्दै छन् । ती मध्ये केही वडा कार्यालयका पुराना कच्ची भवन भत्काएर नयाँ भवन निर्माण सुरु गरिएको हो भने केही भाडामा बसेका कार्यालयका नयाँ भन निर्माण सुरु गरिएको मन्थली नगरपालिका कार्यालयले जनाएको छ ।
कूल १४ वटा वडा रहेको मन्थली नगरपालिकाको वडा नं १, ३, ७, ८, ११ र १३ का पक्की भवन निर्माणको काम भइरहेको छ । ती वडामा २÷२ करोड रुपैयाँको लागतमा एकै डिजाइनका पक्की भवन निर्माण भइरहेको मन्थली नगरपालिकाका पूर्वाधार विकास तथा अनुगमन शाखाका वरिष्ठ इञ्जिनियर डिल्लीबहादुर अधिकारीले बताए । ती भवनको निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न भई सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।
निर्माणाधीन भवन मध्ये वडा नं ८ को सघन शहरी तथा भवन निर्माण आयोजना मार्फत निर्माण भइरहेको हो । वडा नं १ मा नगरको आफ्नै लगानी निर्माण भइरहेको छ । त्यस्तै वडा नं ३, ७, ११ र १३ को भवन मन्थली नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा निर्माण भइरहेको अधिकारीले जानकारी दिए ।
नगरपालिकाको वडा नं २, १० र १४ नम्बर वडामा यस अघि नै पक्की कार्यालय भवन निर्माण भई सेवा प्रवाह भइरहेको छ । अब नगरपालिकाका वडा नं ४, ५, ६, ९ र १२ मा पक्की भवन निर्माण हुन बाँकी छ । भवन बन्न बाँकी मध्ये वडा ६ नं को आफ्नै भवन छैन । अन्य वडा कार्यालयका कच्ची भवन छन् ।
नगरपालिकाले सबै वडाका पक्की कार्यालय भवन निर्माण गरी सेवा प्रवाह गर्ने योजना बनाएको छ । आफ्नो कार्यकालमा सबै वडा कार्यालयका पक्की भवन बनाइ नगरपालिकाबाट वडा कार्यालयसम्म पक्की सडक पुर्याउने योजना रहेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार