अख्तियार दुरुपयोग अनुसन्धान आयोग : दुई सय ३५ मुद्दा दायर
इन्द्र रिजाल
चैत ३०, २०७५ आइतबार ४:३०:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको नौ महीनामा २३५ मुद्दा विशेष अदालतमा दायर गरेको छ । गत आवमा कूल १९४ मुद्दा दायर गरिएको थियो ।
आयोगले सो अवधिमा ९० स्टिङ अपरेशन गरी १२७ जनालाई कारवाहीको दायरामा ल्याएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गत वर्षभरिमा १९ हजार ४८८ उजुरी आयोगमा रहेकामा चालू आवको नौ महीनामा मात्रै २० हजारभन्दा बढी उजुरी परेको छ ।
सेवा प्रवाहका क्रममा हुने भ्रष्टाचार नियन्त्रणका लागि आयोगले सक्रियता बढाएको र विश्लेषणमा आधारित अनुसन्धानमार्फत काम कारवाहीलाई प्रभावकारी बनाएको जनाएको छ ।
आयोगले २०७५ सालभरि गरेको काम कारवाहीका बारेमा जानकारी दिँदै भनेको छ, “सार्वजनिक विकास निर्माणमा प्रभावकारिता ल्याउन निर्माण गुणस्तर परीक्षण प्रयोगशालाको सुदृढीकरण गरी पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ ।
यस्तै भ्रष्टाचारविरुद्ध पूर्वक्रियाशीलता अभिवृद्धि गर्न सूक्ष्म निगरानी तथा द्रुत कारवाही टोली र सुराकी संयन्त्र गठन गरी भ्रष्टाचारजन्य कार्यमाथि सूक्ष्म निगरानी र कारवाही अगाडि बढाइएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
यस्तै सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयमा सेवाग्राहीका रुपमा नै प्रस्तुत भई सेवा प्रवाहको अनुगमन गर्ने कार्य शुरु गरेको, ठूला आयोजनामा भएका भ्रष्टाचारजन्य कार्य तथा सार्वजनिक पदाधिकारी माथिको अनुसन्धानलाई समेत कारवाहीको दायरामा ल्याइएको आयोगले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयोग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : डा जोन हेगलिन
कात्तिक २३, २०८१ शुक्रबार
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
कारागारबाट सुरुङ खनी फरार भएका यादव १२ वर्षपछि पक्राउ
कात्तिक २४, २०८१ शनिबार
अमेरिकी डलर र युरोको भाउ बढ्यो
कात्तिक २४, २०८१ शनिबार
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
कात्तिक २४, २०८१ शनिबार
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षाको सम्भावना
कात्तिक २४, २०८१ शनिबार
यु–१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले आज युएईविरुद्व खेल्ने
कात्तिक २४, २०८१ शनिबार
सरकारलाई थप कमजोर बनाउने कि गतिशील र प्रभावकारी ?
कात्तिक २४, २०८१ शनिबार