माओवादी केन्द्रको पदाधिकारी बैठकः केन्द्रीय नेताहरुको जिम्मेवारी तोकियो
सीसी बैठक आजै समापन गरिने
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १३:४३:५१
२१ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि सारेको कार्यविभाजनसम्बन्धी प्रस्तावलाई बैठकबाट निर्णय गराइएको हो । उक्त प्रस्ताव प्रचण्डले आजै कमलादीस्थित जारी केन्द्रीय समिति (सीसी)को चौथो पूर्ण बैठकमा अनुमोदनका लागि पेस गर्नेछन् ।
सीसी बैठक आजै टुंग्याउने भएको छ । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकेको भन्दै बैठक केही दिन लम्ब्याउनुपर्ने आवाज बैठकमा उठिरहेका बेला अध्यक्ष प्रचण्डले बोल्न बाँकी केसहरुलाई लिखित कार्यालयमा टिपाउन भनेका छन् । उनले बुधबारदेखि बैठकमा उठेका प्रश्नहरुको जवाफ आज दिएर बैठक समापन गर्दैछन् । बैठक हल आजसम्मका लागि मात्र बुकको गरेको र थप दिन नसक्ने भवन प्रशासनले बताएको भन्दै उनले बैठक तोकिएकै समयभित्र समापन गर्न लागेका हुन् ।
पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चा, उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसार, उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठन, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश, सचिव देवेन्द्र पौडेल ‘सुनिल’लाई प्रदेश हेर्ने जिम्मा दिइएको छ ।
केन्द्रीय सदस्यको पनि जिम्मा छुट्याइएको बैठक स्रोतले जनायो । जारी सीसी बैठकमा बोल्ने नेताहरुले केन्द्रीय सदस्य नै भूमिका र जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्व र पदाधिकारीको वरिपरि घुम्ने अवस्था रहेको भन्दै जिम्मेवारी माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार