आगामी सेप्टेम्बरको तेस्रो साता प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने, परराष्ट्रले थाल्यो तयारी
प्रधानमन्त्रीको चीन भ्रमण सेम्टेम्बरमा
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १४:३८:५८
२१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेप्टेम्बरको तेस्रा साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणबारे पराराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण सेवाको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री एनपी साउदले सेप्टेम्बरको तेस्रो–चौथो साता प्रधानमन्त्रीको चीन भ्रमण गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
वर्तमान सरकार गठनपछि प्रधानमन्त्री प्रचण्डको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे ।
मन्त्री साउदले परारष्ट्रय सम्बन्ध सन्तुलनमा रहेको बताए । सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको उनको भनाइ छ । विगतका सरकारले बिगारेको सम्बन्धलाई अहिले सन्तुलित र समधुर बनेको उनको दाबी छ ।
उनले प्रमाणीकरण सेवालाई सर्वसाधारण सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गरे । दुर्गम क्षेत्रबाट काठमाडौं आउनुपर्ने बाध्यतालाई हटाउने र अनावश्यक खर्चबाट सेवाग्राहीलाई राहत मिल्ने उनको भनाइ थियो । कन्सुलर सेवाका लागि हजारौं खर्च गरेर टाढाबाट सेवाग्राही आउनुपर्ने बाध्यता हट्ने र घरबाटै अनलाइनमार्फत पूर्ण सेवा लिन सकिने व्यवस्था मिलाइएको बताए । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था सुरू गरिएकाे हाे । साथै सेवाबाट विभागमा सेवाग्राहीको भीड पनि कम हुने बताए ।
साथै सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल समेत भइरहेको समेत जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार