केन्द्रीय बैठकमा जवाफ दिँदै प्रचण्ड, भने- ‘पार्टी र नेतृत्व घेराबन्दीमा छ’
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १५:७:१३
२१ साउन, काठमाडौं । सरकारले नेतृत्व गरिरहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड अहिले पार्टीको केन्द्रीय समितिको बैठकमा जवाफ दिइरहेका छन् । कमलादीस्थित बुधबार सुरु भएको चौथो पूर्ण बैठकमा २ सय भन्दा बढी केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रम जारी छ ।
बिहान मात्र पदाधिकारी बैठक राखेर पदाधिकारीहरुको जिम्मेवारी फेरबदल गरेका उनले केन्द्रीय तहका सबै नेताहरुको जिम्मेवारी तोक्ने प्रस्ताव पेस गर्दैछन् । अहिले बैठकमा विचार, संगठन र कार्यशैलीबारे उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।
सो क्रममा प्रधानमन्त्री समेत रहेका उनले पार्टीले सरकारको नेतृत्व गरेर भ्रष्टाचार र तस्कर, माफियाविरुद्ध कारवाही अभियान चलाइरहेको र यसलाई रोकिने बताउँदै सरकारको काम र आन्दोलनबाट प्राप्त उप्लब्धिको रक्षा गर्न पार्टीका नेता कार्यकर्तामा मनोबल कमजोर देखिएको बताएका छन् । उनले जवाफ दिने क्रममा पार्टी पार्टी जस्तो नभएको र यसलाई अब रुपान्तरणसहित पहिलो नम्बरको पार्टी बनाउने काममा लाग्न निर्देशन दिएको एक सहभमागीले बताए ।
देश र जनताको हितका लागि पार्टी १० वर्ष लामो सशस्त्र संघर्षबाट शान्ति प्रक्रियामा आएपछि पनि विभिन्न पक्ष र समूहले ‘१७ हजारे’ भनेर अराजनीतिक टिप्पणी जारी रहेको भन्दै प्रतिवाद गर्न पार्टी पंक्ति एक हुनुको विकल्पन रहेको उनले बताएका छन् । संघर्षमा तत्कालीन विद्रोही माओवादी र राज्य पक्षबाट गरी १७ नागरिकको ज्यान गएको ठानिएको छ । यसको यकिन पुष्टि भने अझै हुन बाँकी छ । ८ हजार भन्दा बढी नागरिक बेपत्ता रहेको भन्ने विषय पनि स्वतन्त्र पुष्टि हुन बाँकी नै छ ।
समाज र राजनीतिक क्षेत्रमा अझै पनि माओवादी भनेका हत्यारा हुन् भन्ने भाष्य तयार पार्न खोज्ने समूह सक्रिय रहेको र यसबाट राजनीतिक उप्लब्धि गुम्ने खतरा कायमै रहेको प्रचण्डको भनाइ रहेको सहभागीले बताएका छन् । उनले हरेक केन्द्रीय सदस्य वडा तहमा पुगेर जनतासँगको सम्बन्ध बलियो बनाउने र उनीहरुको पीर मर्का बुझ्ने काम तत्कालैबाट सुरु हुने गरी कार्यक्रम ल्याइने बताएकाे उनले बताए ।
साथै, अध्यक्ष प्रचण्डले पार्टी र पार्टी नेतृत्व अझै चर्को घेराबन्दीमा रहेको बताएका छन् । घेराबन्दी तोड्ने र आन्दोलनबाट प्राप्त उप्लब्धि रक्षा गर्ने कार्यक्रम बैठकले दिने उनको भनाइ रहेको बताएका छन् । सशस्त्र द्वन्द्वका घटनालाई लिएर प्रचण्ड लगायत तत्कालीन माओवादीका नेताहरुविरुद्ध अदालतमा बाल सेना प्रयोगदेखि ज्यानसम्बन्धी मुद्दा समेत पर्न छाडेका छैनन् ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले नेतृत्व पुस्तान्तरण र नेताहरुको कार्यशैली जनवादी बनाउन बैठकले ठोस नीति तय गर्नुपर्ने बताउँदै आएका छन् । शान्ति प्रक्रियामा आएपछि विलासी जीवन बिताइरहेका नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग पनि नेताहरुले बैठकमा जोडदार उठाएका छन् ।
बैठक पाँच दिनसम्म चलेर आजै समापन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार