उदयपुरमा १२४ जनामा डेंगु संक्रमण पुष्टि
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १६:१२:२९
२१ साउन, काठमाडाैं । उदयपुरमा १९ दिनको अन्तरालमा १२४ जनामा डेंगु संक्रमण पुष्टि भएपछि जिल्लाका सरोकारवाला निकायले बजार क्षेत्रमा खोज र नष्ट गर अभियान सुरु गरेका छन् ।
उदयपुर जिल्लामा श्रावण महिनाको १ गते देखी १९ गतेसम्ममा सरकारी अस्पतालहरुमा ४३८ जनाले डेंगु संक्रमणको जाँच गराएकोमा १२४ जनामा डेंगु पोजेटिभ पाइएपछी डेंगु संक्रमितको संख्या अझ बढ्न सक्ने भन्दै सरोकारवाला निकायले जिल्लामा खोज र नष्ट गर अभियान सुरु गरेको हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, तीनै वटै सुरक्षा निकाय प्रमुख तथा कर्मचारी, उदयपुर उधोग वाणिज्य संघ, गैसस महासंघ, त्रियुगा उधोग वाणिज्य संघ, हुरेन्डेक लगायतका संस्थाको उपस्थितिमा जिल्लामा खोज र नष्ट गर अभियान संचालन गरिएको हो । उदयपुर जिल्लामा संक्रमण तिब्र हुनथालेपछी डेंगी लामखुट्टे बस्नेत स्थान नष्ट गर्ने अभियान सुरु गरिएको उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
त्रियुगा नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा डेंगु सङ्क्रमणलाई सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नस्ट पार्ने काम गरिएको त्रियुगा नगरपालिकाका उप्रप्रमुख महेस्वरी राइले जानकारी दिए ।
जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा २६९ जनामा गरिएको डेंगु परिक्षणमा ८३ जनामा संक्रमण पुष्टी भएपछी नगरले आफ्नो पालिका क्षेत्र भित्र फगिंङको काम समेत सुरु गरिएको उनले बताए ।
कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी एवं दीर्घ रोघ लागेका बिरामीलाई डेंगु सङ्क्रमण भए आराम र पौष्टिक आहार प्राप्त नभए ज्यानसमेत जानसक्ने स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरन्जीवी निरौलाले जानकारी दिए र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार