लम्पी स्किन रोगबाट कोशीमा साढे ६ हजार पशु मरे

नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १६:२०:३३

२१ साउन, काठमाडौं । महामारीको रुप लिएको लम्पी स्किन रोगको प्रकोपबाट कोशी प्रदेशमा मात्र साढे ६ हजार बढी चौपाया मरेको तथ्यांक सार्वजनिक भएको छ ।
कोशी प्रदेश पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय विराटनगरले दिएको जानकारी अनुसार गोई र गोरु गरी ६ हजार ६ सय १४ र राँगा र र्भैसी गरी ७२ वटा चौपाया मरेको हो । कोशीमा १४ वटा जिल्ला छन् । सबै जिल्लामा प्रकोप फैलिएको छ ।
निर्देशनालयका अनुसार हालसम्ममा कोशीमा लम्पी स्किनबाट २ लाख ३७ हजार ४२१ वटा पशुचौपाया प्रभावित भएका छन् । हालसम्म १ लाख ३२ हजार ३४९ वटा पशुचौपायालाई खोप लगाइएको छ । झापा, मोरङ र सुनसरीमा रोग नियन्त्रणमा आउन नसकेको निर्देशनालयले जनाएको छ ।
देशभरमा रोगबाट ३५ हजार बढी चौपाया मरेको र २० लाख बढी संक्रमित भएको सरकारको भनाइ छ । गोरु मर्ने र बिरामी परेका कारण पहाडी क्षेत्रका किसानले धेरै मात्रामा खेत खनेरै धान रोपाइँ गरेका छन् ।
यो रोग लाग्दा वस्तुमा उच्च ज्वरो आउने र शरीरमा गिर्खा उठ्ने र फुटेर घाउ पर्ने लक्षण देखिने गरेका छन् । समयमै औषधि र खोप नपाउँदै पशु मरेको किसानहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार