माओवादीले भदौ १६ देखि मंसिर १५ सम्म रुपान्तरण अभियान चलाउने, नेतालाई गाउँ जान प्रचण्डको निर्देशन
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १६:२१:४१
२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ ।
अभियान अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू पनि सात वटै प्रदेशका ७ वटा वडामा जाने भएका छन् । ती वडामा गएर प्रचण्डले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने बताएका छन् । उनले नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमा परिचालन हुन नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने गरी काम गर्न उनले निर्देशन दिएका हुन् ।
प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको पनि बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग दर्ता गर्नु परेको बताए ।
तिनका षडयन्त्र परास्त गर्न राजनीतिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो उनले भने, ‘हामी माथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ । आज पनि लिडरसिप र पार्टीमाथि घेराबन्दी छ, जेल हाल्ने कुरा गरेका छन् अझै ।’ यद्यपि यो बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए । वाद प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध बनाउन ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने उनले दाबी गरे ।
प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय सदस्यहरूमाथि नेतृत्व भूगोलमा नगएको आरोप लागेपछि अध्यक्ष प्रचण्डले जवाफ फर्काउँदै र बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सातै प्रदेशमा एक एक वडाको जिम्मेवारी लिन नेताहरूलाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार