नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १७:१:५९
२१ साउन, कोलम्बो । नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो ।
सत्ताइस हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन् । एक्काइस हजार परिवारका करिब ७० हजार सदस्य उत्तरी प्रान्त जाफ्नामा प्रभावित भएका केन्द्रले जनाएको छ ।
वर्षा याममा पानी नपर्दा तथा मौसमी वर्षा पनि नहुँदा धेरै श्रीलङ्काली खडेरीको चपेटामा परेका हुन् । खडेरीका कारण कृषि उत्पादन नहुँदा देशले खाद्य सङ्कट झेल्दै आएको छ । गत वर्ष विश्व खाद्य कार्यक्रम 'डब्ल्युएफपी'ले ३० लाख सर्वसाधारणलाई खाद्यान्न वितरण गरेको थियो । यो वर्ष करिब ४० लाख श्रीलङ्कालीलाई यस्तो सहायता आवश्यक पर्ने अनुमान डब्ल्युएफपीले गरेको छ ।
दश लाख बालबालिकाले विद्यालयमा खाजासँगै अध्ययन गरेका छन् । डब्ल्युएफपीले देशका नौ जिल्लामा विद्यालय खाजा कार्यक्रम कार्यान्वयन गरेको छ । विद्यालय खाजा कार्यक्रमअन्तर्गत स्कूलहरूमा चामल वितरण गरिएको थियो । एक्काइस प्रतिशत श्रीलङ्काली सन्तुलित भोजनबाट वञ्चित छन् ।
जग्गा भाडा, श्रमशक्ति, इन्धन, कृषि सामग्री र ऋण भुक्तानीमा भएको उच्च खर्चका कारण कृषि गतिविधिमा संलग्न घरपरिवारको ज्यादै घटेको छ । सामाजिक सुरक्षा, निवृत्तिभरण र मानवीय सहायतामा भर परेका परिवारहले गत वर्षको तुलनामा यो वर्ष आम्दानी स्थिर रहेको बताएका छन् । अदक्ष श्रम, कृषि, निवृत्तिभरणमा निर्भर परिवारको अनुपात बढेको छ । सिन्ह्वा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार