राजश्व अनुसन्धान विभागद्वारा आरोपीसहित सुन तस्करीको मुद्दा अभियोजनको जिम्मेवारी सीआईबीमा हस्तान्तर
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १७:५:२८
२१ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका सबै आरोपितसहित सम्पूर्ण अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर विभागले सुन तस्करी प्रकरणको बाँकी काम जिम्मा लगाएको हो । विवादमा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए ।
अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको हो । पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
राजश्व अनुसन्धान विभागले अनुसन्धान चलिरहेको मुद्दा प्रहरीलाई सुम्पिएको हो । २ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीयसहित १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् ।
सुन बरामद भएको तेस्रो सातासम्म विभागले सुन तस्करको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाका चार वटा गोदाममा छापा मारेको थियो । ब्रेक शु सहित समातिएको १ सय किलोको सुन अहिले राष्ट्र बैंकको टक्सार शाखामा राखिएको छ । अहिलेसम्म सुनको नापतौल भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार