मोदीले गरे एकैपटक पाँच सय आठ रेल बिसौनीको शिलान्यास
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १७:७:४९
२१ साउन, नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय आठ वटा रेल बिसौनी पुनर्निर्माण एवम् विकास परियोजनाको शिलान्यास गर्नुभएको छ । भिडियो कन्फरेन्समार्फत अमृत भारत स्टेसन योजना अन्तर्गत २५ हजार करोडका ती विशाल परियोजनाको उनले शिलान्यास गरेका हुन् ।
आज शिलान्यास गरिएका रेल बिसौनीमा केन्द्रीय मन्त्री तथा सम्बन्धित राज्यका मुख्यमन्त्री एवम् राज्यपालहरूको उपस्थिति थियो । रेल बिसौनी देशका २७ राज्य र केन्द्र शासित प्रदेशमा फैलिएका छन् ।
त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री मोदीले विश्वस्तरीय सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नका साथै विपक्षीहरूको आलोचना पनि गरे । देश विकासका काममा आफू पनि नलाग्ने अनि अरुलाई पनि लाग्न नदिने प्रतिपक्षीले विरोध गर्दैमा आफू विचलित नहुने उनले बताए ।
“देशले आधुनिक संसद् भवन बनाएको छ, संसद् देशको लोकतन्त्रको प्रतीक हो । यसमा सत्तापक्ष र प्रतिपक्षको प्रतिनिधित्व छ तर विपक्षीले नयाँ संसद् भवनको विरोधमात्र गरेन उद्घाटन कार्यक्रमलाई बहिष्कार ग¥यो । हामीले कर्तव्य मार्गको पुनर्विकास गर्यौं तर उनीहरूले त्यसको पनि विरोध गरे ।” विपक्षी राजनीतिक दलका नेताले नकारात्मकबाट माथि उठेर सकारात्मक राजनीतिको बाटोमा अगाडि बढ्नुपर्ने सुझाउँदै भने ।
विरोधमात्र गर्ने विपक्षीहरूलाई लज्जा महसुस नभएको भन्दै प्रधानमन्त्रीले थपे “सत्तरी वर्षसम्म उनीहरूले केही गरेनन् , देशका वीर शहीदहरूको सम्मानमा युद्ध स्मारक पनि बनाएनन् । हामीले राष्ट्रिय युद्ध स्मारक बनायौं, तिनीहरूले त्यसको पनि आलोचना गर्न पछि परेका छैनन् ।
राष्ट्रिय एकताका प्रतिमूर्ति सरदार वल्लभभाई पटेलको संसारको सबैभन्दा अग्लो भवन बनायौँ, त्यसमा प्रत्येक भारतीयलाई गर्व छ तर केही राजनीतिक दलका ठूला नेताहरू मध्ये कसैले पनि उक्त मूर्ति भएको स्थानको भ्रमण गरेनन् ।”एएनआई
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार