मानव अधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नलाई आममाफी दिने कुरा आउँदैन : रमेश लेखक
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १७:३९:५
२१ साउन, कामठाडौं । सत्ता साझेदारका मुख्य दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले गम्भीर प्रकृतिको मानव अधिकार हननको घटनामा संलग्नहरुलाई आम माफी दिने नमिल्ने बताएका छन् ।
संसदमा प्रमुख सचेतक समेत रहेका लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका संलग्न भएका व्यक्तिलाई माफी मिल्ने प्रावधान हटाउनुपर्ने बताए । मानव अधिकार तथा शान्ति समाजले आइतबार काठमाडौंमा आयोजनामा भएको सदमा प्रस्तुत केही नेपाल ऐन संशोधन विधेयकहरु’ कार्यक्रममा बोल्दै उनले विधेयक परिमार्जन गरेर अघि बढने बताएका हुन् । विधेयक अहिले संसदको विषयगत समितिमा छलफलका क्रममा रहेको छ ।
सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघनमा संलग्नलाई उन्मुक्ति दिने किसिमबाट विधेयकमा प्रावधान राखिएको भन्दै हटाउन मागसहित द्वन्द्वका पीडितहरुले सडकमा प्रदर्शन गर्दै आइरहेका छन् ।
तत्कालीन विद्रोही माओवादीले चलाएको सशस्त्र द्वन्द्वमा माओवादी र सरकार पक्षबाट १७ हजार भन्दा बढी नागरिकको ज्यान गएको र ८ हजार बढी बेपत्ता भएकाे ठानिएको छ । द्वन्द्वका पीडितलाई न्याय दिन भन्दै सरकारले संक्रमणकालीन न्याय र सत्य निरुपण सम्बन्धी विधेयक ल्याएको हो ।
जसमा मानव अधिकार उल्लंघन र गम्भीर मानव अधिकार उल्लंघन गरी दुई थरि प्रावधान राखिएको छ । गम्भीर मानव अधिकार उल्लंघन अन्तर्गतका प्रावधानले दोषीलाई माफी दिन सक्ने भन्दै खारेजीको माग गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार