माओवादी केन्द्र सीसीको निर्णय : सबै तहका कमिटी निर्वाचनबाट चयन गरिने
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १७:५४:७
२१ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आइतबार सम्पन्न भएको केन्द्रीय समिति (सीसी)को चौथो पूर्ण बैठकले पार्टीका सबै तहका कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने निर्णय गरेको छ । हालसम्म टिके प्रथाबाट कमिटीहरु चयन गर्दै आइरहेको थियो ।
बैठकले पार्टी र जनसंगठनका सबै कमिटीहरु निर्वाचनमार्फत गठन गर्ने निर्णय भएको केन्द्रीय सदस्य नारायणी शर्माले बताइन् । पार्टीले आउँदो भदौदेखि ३ महिना पार्टीले ‘जनतासँग पार्टी’ अभियान संचालन गर्ने निर्णय भएको पनि जानकारी दिइन् ।
यस्तै माओवादी केन्द्रका प्रदेश इन्चार्जहरु पनि हेरफेर गरेको छ । पार्टीमा ९ गैर भूगोलसहित ९ प्रदेश रहेका छन् । बधुबारदेखि चार दिनसम्म चलेको सीसी बैठक आज प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले बैठकमा केन्द्रीय सदस्य, पदाधिकारीहरुले उठाएका प्रश्नको जवाफ दिएपछि समापन भएको छ । ‘माओवादी जिन्दावाद’ नाराले बैठक हल गुञ्जायमान बनाउँदै बैठक सकिएको छ ।
बैठक समापनका क्रममा अध्यक्ष प्रचण्डले पार्टी जागिसकेको र देशको नेतृत्व गर्ने अभिव्यक्ति दिएका छन् । उनले नेताहरुलाई वडा वडामा गएर जनतासँग सम्बन्ध मजबुत बनाउन निर्देशन दिएका छन् । साथै आफू नेतृत्वको सरकारले भ्रष्टाचार र तस्करीका फाइल खोलेको भन्दै साथ दिन र राम्रा कामका प्रचार जोडदार रुपमा गर्न समेत निर्देशन दिएका छन् ।
वर्तमान ८ दलीय गठबन्धन सरकारकाे नेतृत्व माओवादी केन्द्रले गरिरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार