बससेवा नवौँ वार्षिक उत्सव पूरा गरी दशौँ वर्षमा प्रवेश, दश दिनसम्म हरेक दिन १० जनाले निशुल्क यात्रा गर्न पाउने
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १९:०:२२
२१ साउन, काठमाडौं । नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम नवौँ वार्षिक उत्सव पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर वि.सं. २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा दशौँ वर्षमा प्रवेश गरेको हो ।
यो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल दैनिक ३ हजार भन्दा बढि यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएका छन् ।
यो बिचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानी काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्बाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडक बिनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
स्थापना भएको अर्को वर्ष अर्थात् २०७२ सालमा विनासकारी भूकम्प, नाकाबन्दी, जस्ता कुराको मार खेपेको बससेवाले यो बिचमा कोभिड महामारीका कारण भएको लकडाउनमा पनि लामो समय समस्या झेल्नुपर्यो । अनौपचारिक क्षेत्र मानिएको र प्रविधिको प्रयोग शुन्य रहेको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन बससेवाले लामै कसरत गर्नुपरेपनि हाल बससेवाप्रति आम यातायात व्यवसायी र यात्री आकर्षित् हुँदै गएका छन् ।
दशौँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भन्नुभयो ‘ बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उदेश्यले आफ्नो सेवा सुरू गरेको हो । हामीले यो बिचमा विभिन्न उतारचढाव बेहोर्नुपरेपनि आम यात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वास प्रति म धन्यवाद दिन चाहान्छु । आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौँ ’।
यसैबिच बससेवाले १० औँ वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निशुल्क यात्रा गर्न सक्ने अफर सार्बजनिक गरेको छ । हरेक दिन गोलाप्रथा मार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ । विजेताको नाम बससेवाको आधिकारिक फेशबुकपेज मार्फत सार्बजनिक गरिनेछ ।
बससेवा डटकम नेपालको एकमात्र अनलाइन बसटिकट काट्न सकिने सेवा प्रदायक हो । यात्रुहरुले कुनैपनि गन्तव्यका टिकट सहजै बससेवा डटकम र बससेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न सक्नुहुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार
घोडेपानीमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट
कात्तिक २, २०८१ शुक्रबार