महालक्ष्मी विकास बैंकको नाफा घट्दा अन्य सूचकहरु कस्ता छन् ?
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १०:५४:८
२२ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४७.९५% ले थोरै हो । अघिल्लो वर्ष बैंकले ९० करोड ४७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइ पुग्दा बैंकको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ४२.५७ प्रतिशतले घटेको छ ।
इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १९.९३% ले घटेर ३३ करोड ६३ लाख रूपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ । यसको खराब कर्जा २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशतमा आएको छ ।
महालक्ष्मीको प्रतिशेयर आम्दानी घटेर ११ रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ । गत वर्ष प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार