एनआईसी एशिया बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार ११:४९:५३
२२ साउन, काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा अग्रणिभूमिका निर्वाह गर्दै आएको एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत लाखौं ग्राहकहरू माझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी बैंकले आर्थिक वर्ष २०७९ र ८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएका छन् ।
यस बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू २७१.५९ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू ३१४.३१ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ रू ४.६५ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि भएको हो ।
यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १७.०७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू ४०.२२ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २० वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई चौथो त्रैमाससम्ममा ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको जनाइएको छ ।
बैंकले आ.व २०७९र८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको बताइएको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५५९ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको जनाइएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसङ्ख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
असार ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट
असार ७, २०८१ शुक्रबार
अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
टी- २० विश्वकप : बंगलादेश ५० रनले पराजित, भारत सेमिफाइनल नजिक
असार ९, २०८१ आइतबार
पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
असार ९, २०८१ आइतबार
जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार
युरोकपमा जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए
असार ९, २०८१ आइतबार