कांग्रेसको महिला संघमा विवाद, अध्यक्षबाट मिश्रलाई बर्खास्त नगरे देशभर समानान्तर समिति बनाउने चेतावनी
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १२:५०:२८
२२ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघमा विवाद चुलिएको छ । अध्यक्ष उषा राउत मिश्रले विधान विपरीत १२ जिल्लाका निर्वाचित समिति भंग गरेपछि २० जना केन्द्रीय समितिका सदस्यले असहमति राख्दै अध्यक्ष राउतलाई पदबाट बर्खास्त गर्न पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । उनलाई बर्खास्त नगरे देशभरी समानान्तर समिति बनाउने चेतावनी दिएका छन्
महिला संघको अध्यक्ष मिश्रले जिल्ला अध्यक्षहरू मनोनीत गरेपछि अर्को पक्षले विरोध गरेको छ । उनले संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद चर्किएको हो । संस्थापन इतरका २० केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन चेतावनी दिएका हुन् । ३ दिन भित्र निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने र २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिने चेतावनी उनीहरूले दिएका छन् ।
संघको विधान विपरीत अध्यक्ष मिश्रले १२ जिल्लाका अध्यक्ष हटाएको प्रति संस्थापन इतरले विरोध गरेका छन् । स्पष्टीकरणको अवसर समेत नदिई जिल्ला अध्यक्ष तोकिनु लोकतान्त्रिक पद्धतिको उपहास भएको विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष मिश्रले सोलुखुम्बुकी छिल्हामु शेर्पा, बाराकी सीता मैनाली, पर्साकी विद्या श्रेष्ठ, सिरहाकी विमला निरौला, ताप्लेजुङकी मीना गुरुङ, इलामकी निर्मला सञ्जेल, महोत्तरीकी विना तिवारी, रौतहटकी भुवनी गिरी, कास्कीकी कोपिला रानाभाट, झापाकी सुशीला ढकाल र हुम्लाकी विजया बुढालाई हटाएर नयाँ अध्यक्ष बनाएकी थिइन् ।
अध्यक्ष मिश्रले गरेको निर्णयको विरोधमा सभापति, उपसभापति महामन्त्री, सहमहामन्त्री र पदाधिकारीलाई ध्यानाकर्षण गराइएको विज्ञप्तिमा जनाइएको छ । केन्द्रीय सदस्य रिता शाहीले संघको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद भएको बताइन् । उनले पार्टीलाई एकढिक्का बनाएर संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको बेलामा पार्टीभित्र विग्रह निम्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्ने माग राखिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार