दोरम्बा शैलुङ गाउँपालिकाले लम्पी स्किनविरुद्ध साप्ताहव्यापी खोप अभियान चलाउने
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १३:३६:४१
२२ साउन, काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले पालिकाभित्र सप्ताहव्यापी रुपमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान चलाउने भएको छ । पालिका प्रमुख नरेश महतोले एक सूचना जारी गर्दै चौपायामा महामारीको रुप लिइरहेको लम्पी स्किन रोगविरुद्ध पालिकाका ७ वटै वडामा यही साउन २५ गतेदेखि ३१ गतेसम्म ७ दिन खोप अभियान चलाउने जानकारी दिएका छन् ।
खोप लगाउनुपहिले वडाहरुमा संक्रमित अवस्थाका, संक्रमणबाट मरेका र संक्रमण नभएका गाई, गोरु, राँगा, भैंसीको विवरण उप्लब्ध गराउन पनि सूचनामा भनिएको छ । खोप अभियान भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको आयोजनामा संचालन हुने पनि जनाइएको छ ।
लम्पी स्किन रोगबाट पालिकाभित्र झण्डै ९० प्रतिशत किसानका चौपाया बिरामी परेको र त्यसमध्ये ४ प्रतिशत मरेको पालिकाको अनुमान छ । यकिन तथ्यांक भने पालिकासँग छैन ।
वडा नम्बर ४ मा अन्तर्गत साविकको गौश्वरा गाविस–१ टेक्सिङमा मात्र फूर्वा तामाङ र सिंबहादुर तामाङको एक/एक वटा गोरु र माया तामाङको एउटा गाई मरेको पाइएको छ । साविकको गौश्वरा गाविसलाई वडा नं. ४ बनाइएको हो । गोरु बिरामी परेका कारण सिंबहादुरले सशस्त्र प्रहरी बलमा रहेका छोरालाई बोलाएर आधा जति खेत खनेर धान रोपाइँ गरेका थिए ।
३६ भन्दा बढी घर धुरी रहेको टेक्सिंमा करिब २६ हल गोरु रहेको र हाल २ घरको मात्र गोरु बिरामी हुनबाट जोगिएको बताइन्छ । पालिकाका ७ वटै वडाका किसान राेगबाट पूर्णरूपमा प्रभावित भएकाे पालिकाले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार
गर्मी बढेसँगै चितवनमा रगतको अभाव
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार