राहुल गान्धीको लोकसभा सांसद पद बहाल, बैठकमा उपस्थित
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १३:५५:१०
२२ साउन, काठमाडौं । भारतको सर्वोच्च अदालतको आदेशपछि भारतको लोकसभाले राहुल गान्धीको सांसदमा बहाल गरेको छ । आज एक् सूचना जारी गर्दै गान्धी सांसद पदमा बहाल भएको जानकारी दिएको छ ।
गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनी सांसद पदमा बहाल भएका हुन् ।
गत मार्चमा सुरत अदालतले ३ वर्ष जेल सजाय हुने फैसला गरेपछि लोकसभाले गान्धीलाई सांसदबाट हटाएको थियो । सन् २०१९ को एक चुनावी सभामा गान्धीले चोरीमा संलग्न सबैको नाम मोदी नै किन हुन्छ भनेर भाषण गरेपछि सो विषयमा उनीविरुद्ध लोकसभाकै भाजपाका एक सांसदले सुरत अदालतमा मानहानीको मुद्दा हालेका थिए । मुद्दा सुनुवाइ गर्दै अदालतले कैद सजाय तोक्ने फैसला सुनाएको थियो । त्यसपनि उनको सांसद पद निलम्बनमा परेको थियो ।
राहुलले सुरत अदालतविरुद्ध गुजरातको उच्च अदालतमा पुनरावेदन गर्दाका उनको सजाय फैसला सदर गरेको थियो । त्यसपछि उनी सर्वोेच्च पुगेर परावेदन गरेका थिए । सो पुनरावेदनमा सर्वोच्चले उनको सजाय खारेज गर्ने फैसला गरेको हो ।
लोकसभाले पद बहाल रहेको सूचना निकाले लगत्तै कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका छन् । गान्धी आजै लोकसभा बैठकमा सहभागी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु, १६४५ भन्दा बढी घाइते
असोज ८, २०८१ मंगलबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
लेबनानमा हिजबुल्लाहका केन्द्रमा इजरायलको आक्रमण, सयभन्दा बढीको मृत्यु
असोज ७, २०८१ सोमबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
असोज ८, २०८१ मंगलबार
एसईईको पुरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण
असोज ८, २०८१ मंगलबार
इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु, १६४५ भन्दा बढी घाइते
असोज ८, २०८१ मंगलबार
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
असोज ८, २०८१ मंगलबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
असोज ८, २०८१ मंगलबार