उत्तराखण्ड पहिरोमा बेपत्ताको खोजी कार्यमा कुकुर परिचालन
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १४:१५:९
२२ साउन, काठमाडौं । चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो ।
सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो ।
भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए । “एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको एकिन भएको छ, दुई जनाबारे आशंका मात्रै गरिएको छ”, रासससित कुरा गर्दै उनले भने, ‘खोजीकार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुुकुरसमेत परिचालन गरेको छ ।”\
दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै बरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तिव्ररुपमा भइरहेको जानकारी दिए । लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ ।
बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गर्नुभएको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जिविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरु सबै जुम्ला घर भएकाहरु रहेको दूतावासले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
असोज ८, २०८१ मंगलबार
नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते
असोज ८, २०८१ मंगलबार
रामेछापमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने आँधीघाटमा बनेको पक्की पुल अन्तिम चरणमा
असोज ८, २०८१ मंगलबार
झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
असोज ८, २०८१ मंगलबार
एसईईको पुरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण
असोज ८, २०८१ मंगलबार
इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु, १६४५ भन्दा बढी घाइते
असोज ८, २०८१ मंगलबार
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
असोज ८, २०८१ मंगलबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार