तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दुई विद्यालय बन्द
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १४:२५:९
२२ साउन, तनहुँ । दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । तीन दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ ।
गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट संक्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी दिए ।
यसअघि दिनमा तीन÷चार जना आँखा पाक्ने समस्याका बिरामी आउने गरे पनि तीन दिनदेखि सङ्ख्या बढेको उनले बताए । आँखा उपचारमा आउने बिरामीमध्ये झन्डै ५० प्रतिशत आँखा पाक्ने रोगका संक्रमित हुने गरेको उनले जानकारी दिए ।
मुख्य गरेर एडिनो भाइरसका कारण आँखा पाक्ने प्रकोप बढेको पाइएको छ । उनले भने, “कतिपय व्याक्टेरिया र धुलोधुवाँका कारण पनि यस किसिमको समस्या हुने गरेको छ ।” सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँसु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठ्यारो हुने यस रोगको मुख्य लक्षण भएको चिकित्सकहरूले बताएका छन् ।
एक हप्तादेखि बढीमा दुई हप्ताभित्र यो रोग निको हुन्छ । उनले भने, “महामारीअन्तर्गत सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ, सतर्कता अपनाउन जरुरी हुन्छ ।”
उपचारमा आउने बिरामीको लक्षणका आधारमा औषधि दिई आराम गर्न बिरामीलाई सल्लाह दिइएको नेत्र सहायक चौधरीले बताए । चिसो बरफले आँखा सेक्ने, घाममा नहिँड्ने, भीडभाडमा नजाने र हिँडडुल गर्नुपरेमा कालो चस्मा लगाएर हिँड्नेलगायतका सुझाव दिइएको छ । आँखा पाकेका बिरामीको आँसुबाट यो रोग सर्ने भएकाले घरपरिवारका अन्य सदस्यले बिरामीले प्रयोग गर्ने रुमाल प्रयोग नगर्ने, साबुन पानीले समय समयमा हात धोएर सतर्कता अपनाउन चिकित्सकले बताएका छन् ।
दुई विद्यालय बन्द
त्यसैगरी आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि जिल्लाका दुई विद्यालयमा पठनपाठन बन्द गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएको हो ।
खैरेनीटार माध्यमिक विद्यालय साउन आजदेखि यही साउन २४ गतेसम्म बन्द गर्ने निर्णय गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार वर्षे विदाबाट कट्टा गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय भए अनुरूप बन्द गरिएको सो विद्यालयले जनाएको छ ।
त्यसैगरी पञ्चमुनि माध्यमिक विद्यालयले साउन १९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । साउन २४ गते विद्यालय संचालन गर्ने कि नगर्ने विषयमा सङ्क्रमण नरोकिए पुनः सूचना जारी गरी विद्यालय बन्द गर्न सकिने सो विद्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार