काठमाडौं प्रहरी प्रमुख कार्कीविरूद्ध जनजातिको व्यापक प्रदर्शन, थुनुवालाई चरम यातना दिएकाे आराेप
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १५:२७:३२
२२ साउन, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले हिरासतमा राखिएका थुनुवालाई चरम यातना दिएको विरोधमा आदिवासी जनजाति समुदायले बृहत प्रदर्शन गरेका छन् ।
मगर, तामाङ र शेर्पा समुदायमा हाडनाता पर्ने बीच विवाह हुने भनी अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई पक्राउको माग गर्दै टेकु परिसरमा भएको नाराबाजीका क्रममा पक्राउ परेका तामाङ र मगर समुदाय केही व्यक्तिलाई थुनामा राख्दा अमानवीय तरिकाले यातना दिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । अहिले प्रदर्शन जारी छ ।
प्रदर्शनमा सयौंको संख्यामा तामाङ, मगर, शेर्पा लगायत विभिन्न जनजातिका महिला पुरुष स्वःस्फूर्त रुपमा सहभागिता जनाइरहेका छन् । थुनामा राख्दा प्रमुख एसएसपी कार्कीको नेतृत्वमा चरम यातना दिएको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।
प्रदर्शनकारीहरुले कार्कीलाई निलम्बनर गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । कार्कीविरुद्ध ब्यानर र प्लेकार्ड देखाउँदै ‘राज्य आतंक बन्द गर, यातना दिने प्रहरीलाई कारवाही गर, अधिवक्ता पाण्डेलाई पक्राउर गर’ जस्ता नारा लगाएका छन् । मण्डलाबाट सुरु भएको विरोध जुलुस नयाँबानेश्वर संसद भवनतर्फ जाँदै गर्दा प्रहरीले फलामको बार हालेर एभरेष्ट होटल अगाडि रोकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार